११ माघ २०८२, आइतबार
25-01-2026 , Sun
×

प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने : मन्त्री साह

Logo
प्रकाशित बुधबार, कार्तिक ०५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,५ कार्तिक । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले निःशुल्क रुपमा गर्ने बताउनुभएको छ ।

मन्त्री साहले जनताको कोरोनाको परीक्षण देखि उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै बेहोेर्ने बताउनुभयो ।

मन्त्री साहले रासससँग कुरा गर्दै अहिले प्रदेशको विभिन्न जिल्लामा आठ वटा पिसिआर मेसिन मार्फत कोरोनाको परीक्षण भईरहेको जानकारी दिनु भयो ।

उहाँले प्रदेश २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज, रौतहटको गौर अस्पताल र महोत्तरीको बर्दिवास अस्पतालमा निःशुल्क परीक्षण गर्ने काम भईरहेको जानकारी दिनुभयो ।

यसै गरी कोरोनाको निःशुल्क उपचार जनकपुरधाम, राजविराज, वीरगञ्ज, गौरमा भईरहेको मन्त्री साहले जानकारी दिनुभयो ।
प्रदेश सरकारले कुनै प्रकारको शुल्क नलिनको लागि प्रयोगशाला तथा कोरोनाको उपचार गर्ने अस्पताललाई निर्देशन पनि दिईसकेको सामाजिक विकास मन्त्री साहले जानकारी दिनुभयो ।

यसैबीच प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा। प्रमोद यादवले हरेक जिल्लाको जिल्ला अस्पतालमा पनि कोरोनाको परीक्षणका लागि प्रयोगशाला स्थापनाका लागि पीसीआर मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]