१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

छ महिनामा एक हजार ६७३ महिला हिंसाका घटना

Logo
प्रकाशित बिहिबार, कार्तिक ०६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,६ कार्तिक । गत छ महिनाको अवधिमा देशभर एक हजार ६७३ वटा महिला तथा बालिकामाथि लैङ्गिक विभेदमा आधारित हिंसा भएको एक गैरसरकारी संस्थाको अभिलेखले देखाएको छ ।

महिला पुनःस्थापना केन्द्र ओरेकको अभिलेखमा यीमध्ये ९० प्रतिशत घटना प्रभावितको आफ्नै समुदाय र परिवारमा भएको छ ।

उक्त तथ्याङ्कका आधारमा सो अवधिमा ४४ सामूहिक बलात्कारसहित ३६७ वटा २२ प्रतिशत बलात्कारको घटना छ ।

यसैगरी ८२५ वटा ४९ प्रतिशत घरेलु हिंसाको घटना भएको छ भने १६ वटा १० प्रतिशत सामाजिक हिंसाको घटना, ७१ वटा ४ प्रतिशत हत्याको घटना, ५१ वटा ३ प्रतिशत बलात्कारको प्रयासका घटना सङ्कलन भएका छन् ।

साथै १८ वटा १ प्रतिशत मानव बेचविखन, ७६ वटा ५ प्रतिशत यौन दुव्र्यवहार, ६१ वटा ४ प्रतिशत आत्महत्याका घटना र ३१ वटा अन्य २ प्रतिशत घटना भएको ओरेकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]