०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

प्रेस युनियन सप्तरीको अध्यक्ष श्रवण देव चयन

Logo
प्रकाशित बिहिबार, कार्तिक ०६, २०७७

न्यूजमधेश डेस्क
राजविराज, ६ कार्तिक । नेपाल प्रेस युनियन सप्तरीको अध्यक्षमा श्रवण देव चयन भएको छ ।

युनियनको २०७५ असोज २० गते सम्पन्न छैठो अधिवेशनबाट नेतृत्व चयन भएको थियो । चार वर्षे कार्यकालको पहिलो दुई वर्ष अध्यक्षमा रामनारायण विश्वास आरएन र पछिल्लो दुई वर्षमा देवले नेतृत्व गर्ने गरी भएको सहमतिअनुसार उनले आज पदभार ग्रहण गरेका हुन् ।

युनियनको उपाध्यक्षमा विनय कुमार कर्ण, महिला उपाध्यक्ष ललिता साह, सचिव शैलेन्द्र सिंह, सह–सचिव कृष्णदेव यादव, समावेशी सह–सचिव सन्तोष थापा र कोषाध्यक्ष बैजु जोशी रहेका छन् ।

यसैगरी सदस्यहरुमा रश्मी झा, अरुण यादव, निरज मण्डल, शैलेन्द्र झा, रञ्जित चौधरी, परिश कर्ण, रामनारायण यादव, संतोष साह र विरेन्द्र साह रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]