०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

प्रेस युनियन सप्तरीको अध्यक्ष श्रवण देव चयन

Logo
प्रकाशित बिहिबार, कार्तिक ०६, २०७७

न्यूजमधेश डेस्क
राजविराज, ६ कार्तिक । नेपाल प्रेस युनियन सप्तरीको अध्यक्षमा श्रवण देव चयन भएको छ ।

युनियनको २०७५ असोज २० गते सम्पन्न छैठो अधिवेशनबाट नेतृत्व चयन भएको थियो । चार वर्षे कार्यकालको पहिलो दुई वर्ष अध्यक्षमा रामनारायण विश्वास आरएन र पछिल्लो दुई वर्षमा देवले नेतृत्व गर्ने गरी भएको सहमतिअनुसार उनले आज पदभार ग्रहण गरेका हुन् ।

युनियनको उपाध्यक्षमा विनय कुमार कर्ण, महिला उपाध्यक्ष ललिता साह, सचिव शैलेन्द्र सिंह, सह–सचिव कृष्णदेव यादव, समावेशी सह–सचिव सन्तोष थापा र कोषाध्यक्ष बैजु जोशी रहेका छन् ।

यसैगरी सदस्यहरुमा रश्मी झा, अरुण यादव, निरज मण्डल, शैलेन्द्र झा, रञ्जित चौधरी, परिश कर्ण, रामनारायण यादव, संतोष साह र विरेन्द्र साह रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]