२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

बारामा ५५ हजार मेट्रिक टन भदैयाधान उत्पादन

Logo
प्रकाशित बिहिबार, कार्तिक ०६, २०७७

न्यूजमधेश सम्बादाता
बारा ,६ कार्तिक । जिल्लामा यस वर्ष ५५ हजार मेट्रिकटन भदैयाधान उत्पादन भएको छ । कृषि ज्ञानकेन्द्रका अनुसार यस वर्ष कृषकले हर्दिनाथ–१ , चैते–४, राधाजातको भदैया धान गरी कूल ११ हजार ९३१ हेक्टर जमिनमा खेती गरेकामा समयसमयमा पानी परेकाले उत्पादन वृद्धि भएको केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।

भदैया धान प्रतिहेक्टर चार दशमलव छ मेट्रिकटनले कूल ५४ हजार ८८२ दशमलव ६ मेट्रिकटन उत्पादन भएको हो । उक्त धान जिल्लाको प्रत्येक क्षेत्रमा कृषकले लगाएको ज्ञानकेन्द्रका विज्ञ गेनालाल मण्डलले बताउनुभयो ।

गत वर्ष कृषकले कूल ११ हजार ९३० हेक्टर जमिनमा उक्त धान लगाएकामा धेरै पानी पर्नाका साथै धान पाक्ने समयमा फौजी कीराको प्रकोपले गर्दा उत्पादनमा ५० प्रतिशतले कमी आएको ज्ञानकेन्द्रका प्रमुख यादवले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]