०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

बलात्कार प्रयासका अभियुक्त पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक ०८, २०७७

न्यूजमधेश सम्बादाता
सप्तरी ,८ कार्तिक । बलात्कार प्रयास गरेका आरोपमा महदेवा गाउँपालिका वडा नम्बर ३ बलिया बथनाहाका दुई जना पक्राउ परेका छन् । अभियुक्तमा ५२ वर्षीय र ४८ वर्षीय छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार आरोपितले एक्लै देखेर पछाडिबाट समाती गत असोज ३० गते बिहान बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडितले मङ्गलबार इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजूरी दिएकी थिइन् ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार नै स्वास्थ्य परीक्षण भएको छ ।

प्रातःभ्रमणमा निस्किएका बेला घरदेखि तीन सय मिटर उत्तर परालको टाल भएको बारीमा आरोपितले नियन्त्रणमा लिएर बलात्कार प्रयास गरेको पीडितले बताएकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]