३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

राजदेवीमा एकैरातमा ८ हजार ९६८ बोका वलि

Logo
प्रकाशित आइतबार, कार्तिक ०९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,९ कार्तिक । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गएराती ८ हजार ९ सय ६८ बोका वलि दिइएको छ ।

महाबीर युवा कमिटीका पूर्व अध्यक्ष सुनिलकुमार प्रसादले दिएको जानकारी अनुसार शनिवार राती ७ बजेर १५ मिनेटमा शुरु भएको सो वलिप्रदान राती ११ बजेर २५ मिनेटसम्म चलेको थियो ।

एकरातमा संसारमै सबैभन्दा बढी बोकाको वली सो मन्दिरमा दिइने परम्परा रहेको छ । अष्टमी रातीमा विशेष वलिप्रदान हुँदै आएको छ ।

कोरोना संक्रमणका जिल्ला प्रशासन कार्यालय धनुषाले वलि प्रदानको ठाउँमा संक्षिप्त पूजा एवं क्षमा पूजा गरिने योजना बनाएको थियो । महन्थ र पुजारीसँग सोही आग्रह गरेका थिए । तर स्थानीयवासी विरोधका कारण वलि दिइएकोछ ।

महाबीर युवा कमिटीका अध्यक्ष संतोष साहले शनिवार मात्रै बलिप्रदान गर्ने निर्णय भएकाले तुलनातमक रुपमा कम बोकाको वलि दिइएको बताए ।

एकरातमा संसारमै सबैभन्दा बढी बोकाको वली सो मन्दिरमा दिइने परम्परा रहेको छ । अष्टमी रातीमा विशेष वलिप्रदान हुँदै आएको छ

वलि प्रदानको परम्परा

जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा वर्षोदेखि अष्टमी रातीमा वलिप्रादको परम्परा रहेको छ । गतवर्ष १४ हजार ३ यस ६६ बोकाको वलि दिइएको थियो । वलीका लागि मन्दिरको पछाडी भागमा ४ वटा ठेहा बनाइएको छ जसमा प्रत्येक वर्ष वलि दिइने कार्यक्रम हुने गरेको महाबीर युवा कमिटी जनकपुरधामका पूर्वअध्यक्ष सुनिलकुमार प्रसादले वताए ।

राजदेवी मन्दिरका महन्थ राम गिरिले मनोबाञ्छित फल प्राप्त भएपछि बोकाको वलि दिइने राजदेवीको परम्परा रहेको वताए । राजदेवीमा दशैको वेला पूजा गर्नेहरुको अत्यधिक भीड हुने गर्छन ।

राजदेवी मन्दिरमा २०७६ सालमा १४ हजार ९सय ९७ बोकाको वली प्रदान गरिएको थियो भने २०७५ सालमा १४ हजार ९ सय ९७ बटो २०७४ सालमा १२ हजार ३ सय ७ वटा बोका, २०७३ सालमा १४ हजार ६ सय १७ वटा बोकाको बलि दिइएको थियो । यसैगरी २०७२ सालमा १३ हजार ८ सय १, २०७१ सालमा १४ हजार ७ सय २२, २०७०सालमा १४ हजार ८ सय ६१, २०६९ सालमा १४ हजार ८ सय ६१, २०६८ सालमा १२ हजार ६ सय ५१, २०६७ सालमा १३ हजार ५ सय ५२ र २०६६ सालमा ११ हजार ७ सय ९३ बोकाको बलिप्रदान गरिएको थियो । १००जना युवा बली प्रदानमा सहभागी थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]