२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

मोटरसाईकलको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु

Logo
प्रकाशित आइतबार, कार्तिक ०९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ कार्तिक । हुलाकी राजमार्ग सडक अन्तर्गत धनुषाको कमला नगरपालिका २ स्थित मोटरसाइकलको ठक्करबाट एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

मोटरसाइकल ठक्करबाट कमला नगरपालिका २ माचीका ५६ वर्षीय गोपाल यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक हिरेन्द्र रोकियाले बताए ।

पश्चिमबाट पूर्व तर्फ जादै गरेको प्रदेश–२–०२–००१ त ३१२६ नम्बरको मोटरसाईकलले यादवलाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरी नीरिक्षक रोकियाका अनुसार मोटरसाइकल चालकले ठक्कर दिएर फरार भएको छ भने मोटरसाईकलको अगाडीको भाईजर र नम्बर प्लेट फुटेर घटनास्थलमा खसेपछि स्थानीयहरुले देखेको थियो ।

सोही मोटरसाईकल नम्बरको आधारमा सो मोटरसाईकल धनुषाको बिदेह नगरपालिका ५ मुडिबाको रहेको स्थानीयले बताउनुभयो। मोटरसाईकलमा पछाडी सबार रहेका अन्दाजी बर्ष ४५ का सुजित मण्डल समेत गम्भिर घाईते भएका छन् ।

ठक्कर दिएपछि पछाडी बसेका मण्डललाई पनि छाडेर चालक मोटरसाईकल लिएर भागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]