०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

परिवारजनमा सीमित भएर दसैँ मनाउन सभामुखको आग्रह

Logo
प्रकाशित सोमबार, कार्तिक १०, २०७७

न्यूजमधेश डेस्क
काठमाडाैं,१० कार्तिक। सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन अपिल गरेका छन्।

दसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज शुभकामना दिँदै उनले सम्भव भएसम्म आफू बसोबास गरिरहेकाे स्थानमा नै चाडपर्व मनाउन आग्रह गरेका हुन्।

विगतमा जस्तो यस पटक पारिवारिक पुनर्मिलन र सामाजिक अन्तरघुलनका लागि सहजता नभएको उल्लेख गर्दै उनले यस वर्षका चाडपर्व कोभिड-१९ लाई परास्त गर्ने सङ्कल्पका लागि आपसी छलफल गर्ने अवसर बन्ने विश्वास आफूले लिएको बताए।

सभामुख सापकोटाले प्राकृतिक विपत्ति र कोरोना भाइरसका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

वर्षभरि आइरहने चाडपर्व नेपाली संस्कृतिका मौलिक विशेषता भएको उल्लखे गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा मनाइने चाडपर्वले विविधताबीचको एकता, सामाजिक सद्भाव एवं व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्ने काम गरेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]