०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

दुर्घटनामा दुईको मृत्यु

Logo
प्रकाशित सोमबार, कार्तिक १०, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,१० कार्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा आज भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो ।उक्त दुर्घटनामा परी साइकल चालक मोरङ, उर्लाबारी नगरपालिका निवासी ५५ वर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरी, सप्तकोशी नगरपालिका –७ निवासी मुकेश सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनेश्वर साहले बताउनुभयो ।

श्रेष्ठको विराटनगर र सिंहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तकोशी– ७ का २५ वर्षीय अनिलकुमार यादव घाइते भई स्थानीय अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]