२७ आषाढ २०८३, आइतबार
12-07-2026 , Sun
×

धान खेतमा स्मार्ट लाइसेन्स

Logo
प्रकाशित बिहिबार, कार्तिक १३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१३ कार्तिक । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा फालिएका अवस्थामा फेला परेको छ ।

यातायात व्यवस्था विभागबाट बनेर तयार भएर आएका लाइसेन्स जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै दुई सय मिटर पश्चिमतर्फ रहेको खेतमा धान काट्न गएका महिलाले फेला पारेका हुन् ।

उनीहरुले लाइसेन्स संकलन गरेर यातायात कार्यालयलाई बुझाएका छन् ।

धानखेतमा लाइसेन्स फेला परेको स्थान देखाउँदै एक महिलाले भन्नुभयो, ‘बुधबार दिउँसो धान काट्न आउँदा खेतमा जताततै लाइसेन्स छरिएको अवस्थामा देख्यौंँ, सबै संकलन गरेर यातायातका कर्मचारीलाई बुझाएका छौंँ ।’ यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि नै प्रश्न उठेको छ ।े

यातायात कार्यालय जनकपुरधामका अधिकृत वीरेन्द्र साहले लाइसेन्स धान खेतमा फेला परेको स्वीकार गर्दै तीन सय थान ज िभेटिएको जानकारी दिनुभयो । अधिकृत साहले भन्नुभयो, ‘कसैले गलत नियत राखेर लाइसेन्स फालेको हुन सक्छ ।यसबारे जिल्ला प्रशासन कार्यालय धनुषालाई जानकारी गराएका छौंँ ।’

यातायात कार्यालय जनकपुरधाममा दलाल र बिचौलियाको सहज पहुँच छ । तिनले लाइसेन्ससहितका कागजात बोकेर आफूखुशी ओहोरदोहोर गरे पनि यातायात कार्यालयका कर्मचारी मूकदर्शक बन्ने गरेको सेवाग्राही बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]