१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

कपिलवस्तुमा युरिया मल अभाव

Logo
प्रकाशित शनिबार, कार्तिक १५, २०७७

न्यूजमधेश सम्बादाता
कपिलवस्तु, १५ कार्तिक। मुलुकमा लामो समय गरिएको लकडाउनले किसान एकपछि अर्को समस्यामा परिरहेका छन् । गहुँ छर्ने बेलामा रासायनिक मलका लागि उनीहरु भौंतारिन बाध्य छन् ।

धानमा समेत छर्न नपाएको मल धान काटेर गहुँ छर्ने बेलामा समेत नपाइएपछि यहाँका किसान थप चिन्तित बनेका हुन् । राजपुरका किसान धुव्र यादवले मल नपाएर गंहँु छर्न ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धान पसाउने बेलामा पनि मल पाइएन र अहिले गहुँ छर्ने बेलामा पनि मालको अभाव भएको छ ।”

त्यस्तै शिजराज नगरपालिका खरेन्द्रपुरका तुल्सीराम यादवले मल नपाएर गहुँ छर्न नपाएको बताउनुभयो । सम्बन्धित निकायले समयमै मल खरिद गरी नल्याउँदा यस्तो समस्या उत्पन्न भएको किसानको भनाइ छ । कृषि कार्यालय तौलिहवाका वासुदेव पौडेलले जिल्लामा डिएपी र युरिया मलको अभाव रहेको स्वीकार गर्दै साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमा समेत मल नभएका कारण वितरण गर्न नसकिएको बताउनुभयो । कोरोना महामारीका कारण मल आउन ढिलाइ भएको उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले मल पर्याप्त नभएकाले अहिले वितरण गर्न नसकिने र कृषि मन्त्रालयबाट खरिद भई आएमा वितरण गर्ने प्रक्रिया अघि बढाउने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]