२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

जनकपुरधाममा अनलाईन सपिङ सुरु

Logo
प्रकाशित आइतबार, कार्तिक १६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१६  कार्तिक। ओम अडर डटकमले प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामबाट आफ्नो कारोबार सुरु गरेको छ । अनलाईन सपिङको बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उदेश्यका साथ ओम अडर डटकम संचालनमा आएको हो ।

निकै लामो गृहकार्य पश्चात ओम अडर डटकम बजारमा उपस्थिती जनाएको कम्पनीका प्रमुख विकाश मिश्रले बताए । बजारमा उपभोक्ताहरुले आफुले खोजेको समान न्युनतम मुल्यमा उपलब्ध गराउने कम्पनीको योजना रहेको प्रमुख मिश्रको भनाइ छ ।

जनकपुरधाम भित्र १ दिनमै डेलिभरी गराउने कम्पनीको दाबी छ । अनलाईन सपिङ गर्दा उपभोक्ताले सोचेकै गुणस्तरीय सामाग्री उपलब्ध गराउने कम्पनीको दावी रहेको छ ।

आम उपभोक्ताले ओम अडर डटकममा लगइन गरी उपलब्ध भएका बस्तु खरिद गर्न सक्ने छन् । उपभोक्ताले बस्तु खरिद गर्दा क्यास अनडेलीभरीबाट रकम तिर्न सकिने सहज ब्यबस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ ।

अहिले तत्कालै ओम अडर डटकमले ऑनलाइन सपिङ्गमा किरानाका सामान, कस्मेटिकका आईटम, किचेनका समान, ईलेक्ट्रोनिक आईटम इत्यादि प्रकारका समानहरु राखेका छन् । यसलाई विस्तार गर्ने क्रममा नै रहेको कम्पनीले जनाएको छ ।

समानहरु अर्ड़र गर्न मोबाइलको प्ले स्टोरमा गई Om Order एप्स डाउनलोड गरी वा गुगल मा गई www.omorder.com बाट पनी अर्ड़र गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]