२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

अवैध यौनजन्य कार्यमा संलग्न होटल सञ्चालकसहित तीन पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक १६, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,१६ कार्तिक । अवैध यौनजन्य कार्यमा संलग्न रहेको आरोपमा सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ६ स्थित एक होटल सञ्चालकसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले विकास होटल एण्ड लजका सञ्चालक रामसुन्दर साह र अन्य दुई महिलालाई पक्राउ गरेको हो ।

बाहिरबाट होटलमा महिलालाई बोलाएर अवैध यौनजन्य कार्यमा लगाउने गरेको गोप्य सुचनाका आधारमा होटलबाट होटल सञ्चालक साह तथा दुई महिलालाई पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।

होटलमा ग्राहक आएपछि होटल सञ्चालक साहले यौनकर्मीलाई फोन सम्र्पक गरी बोलाएर ग्राहकसँग अवैध यौनजन्य कार्य गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक राईले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]