३१ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

मिर्गौला रोगबाट विद्यार्थीको मृत्यु

Logo
प्रकाशित आइतबार, कार्तिक १६, २०७७

न्यूजमधेश सम्बादाता
झापा ,१६ कार्तिक । जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ९ की १७ वर्षीया विद्यार्थी अरिस्ता परियारको मिर्गौला रोगका कारण मृत्यु भएको छ ।

परिवारको आर्थिक अवस्था कमजोर भएका कारण मिर्गौला प्रत्यारोपणमा सघाउन स्थानीय वडाध्यक्षको संयोजकत्वमा बचाउ समिति गठन गरी सहयोग सङ्कलन भइरहेका बेला उनको आज बिहान मृत्यु भएको हो ।

गत शनिबार स्वास्थ्य अवस्था नाजुक बनेपछि तत्काल उपचारका लागि उनलाई भारतको सिलिगुढीस्थित निउटिया अस्पताल लगिएको थियो ।

उनी धुलाबारी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् । उनी मेचीनगर–९ की निर्वाचित वडा सदस्य लक्ष्मी परियारकी छोरी हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]