२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

बाइडेन चार राज्यमा अगाडि, जितको घोषणा नगर्न ट्रम्पको चेतावनी

Logo
प्रकाशित शनिबार, कार्तिक २२, २०७७

न्यूजमधेश सम्बादाता
वासिङ्टन,२२ कार्तिक । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचित हुने संभावना बलियो हुदै गएको छ । देशका कुल ५० राज्य मध्ये मत गणना सम्पन्न भएका ४४ राज्यमा बाइडेन विजयी हुनु भएको छ भने अहिले मतगणना भइरहेका चार राज्यमा पनि उहाँको फराकिलो अग्रता रहेको छ ।

सवैभन्दा धेरै इलोक्टोरल मत रहेको र लामो समयसम्म ट्रम्पले अग्रता लिइरहेको पेन्सिल्भानियामा पनि बाइडनले ट्रम्पलाई पछाडि पार्नु भएको छ । अहिले गणना भइरहेका छ मध्ये यो पेन्सिल्भानियामा मात्रै विजयी भएपनि बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनुहुनेछ ।

अमेरिकामा राष्ट्रपति निर्वाचित हुन २७० इलोक्टोरल मत चाहिनेमा पेन्सिल्भानियामा मात्रै जितेपनि बाइडेनको कुल २७३ इलेक्टोरल मत हुनेछ । त्यस बाहेक नतिजा आउन बाँकी रहेकामध्ये जर्जिया, नेभाडा र एरिजोनामा पनि बाइडेनको अग्रता कायमै रहेको छ । ट्रम्पको अग्रता भने नर्थ क्यारोलाइना र अलास्कामा मात्रै रहेको छ । त्यसैगरी अब गन्न बाँकी हुलाकमार्फत आएका मतमा पनि बाइडेनको अग्रता कायमै रहन सक्ने आकलन गरिएको छ ।

अहिलेसम्मको अवस्थालाई हेर्दा ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित हुने संभावना लगभग सकिएको धेरैले दाबी गरेका छन् । तर ट्रम्प पक्षले भने निर्वाचनको अन्त्य सम्ममा आफूहरुले नै जित्ने दाबी गर्न छाडेका छैनन । आफू पराजित हुने देखेपछि प्रतिश्पर्धामा रहनु भएका वर्तमान राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गर्दै आउनु भएको छ ।

मतदान र मतगणनामा धाँधली भएको भन्दै उहाँले तत्काल मतगणना रोक्न माग गर्दै अदालतमा उजुरी पनि दिनुभएको थियो । तर उहाँको उजुरीहरु अदालतले खारेज गरिदिएको छ । उहाँले लगाएको आरोप पुष्टि गर्नेगरी प्रमाणहरु नपुगेकोले ट्रम्प पक्षधरद्धारा दर्ता गरिएको उजुरी खारेज गरिदिएको अदालतले जनाएको छ ।

अन्तिम नतिजा आउनै लाग्दा उहाँले दिएका अभिव्यक्तिका कारण धेरै अमेरिकीहरुले उहाँको आगामी कदमको बारेमा आशंका र चिन्ता व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले निर्वाचन अझै नसकिएकाले तत्काल आफू विजयी भएको घोषणा नगर्न बाइडेनलाई चेतावनी दिनुभएको छ । उहाँले हुलाकबाट आएको मत र धाँधली भएका ठाउँहरुको बारेमा विवाद नटुंगिदासम्म विजयी भएको दाबी गर्न नमिल्ने तर्क गर्नुभयो ।

तर बाइडेनले भने आफू विजयी हुने सुनिश्चित भइसकेको दाबी गर्दै कार्यालय सम्हाल्ने तयारीमा रहेको बताउनु भएको छ । बाइडेनले सम्बोधन गर्दै स्पष्ट बहुमतसहित विजय हुनेतर्फ आफूहरू लम्किरहेको बताउनु भएको हो । उहाँले झण्डै तीन सय इलोक्टोरल मतका साथ आफू विजयी हुने पनि अनुमान सुनाउनु भयो ।

उहाँले कोरोनाभाइरसको सङ्क्रमण बढीरहेकाले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो दिनदेखि नै यसैका बारेमा काम गर्ने जानकारी दिनुभयो ।अमेरिकामा पछिल्ला केहीदिन देखि दैनिक एक लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]