०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

महोत्तरीको नदीमा उत्खनन् बढ्दै

Logo
प्रकाशित शनिबार, कार्तिक २२, २०७७

न्यूजमधेश डेस्क
महोत्तरी,२२ कार्तिक । तिहार दीपावली पर्वको मुखमा महोत्तरी जिल्लाका नदीमा उत्खनन् ह्वात्तै बढेको छ ।

सामान्यतया जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिकामा मनपरी हुँदै आएको नदी उत्खनन् पछिल्लो समयमा जिल्लाको सुदूर दक्षिणी भेगमा पनि ह्वात्तै बढेको हो ।

दीपावली पर्वको मुखमा नदी किनारमा निर्मित तटबन्ध नै भत्कने गरि उत्खनन् बढेको छ । आज शनिबार नै सुदूर दक्षिणीक्षेत्र अवस्थित जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–७ को रातु नदी तटमा उत्खनन् र ढुवानी गरिरहेका पाँच यान्त्रिक उपकरण जेसिभी, ट्याक्टर सशस्त्र प्रहरी बल ९ नम्वर हेडक्वाटर जलसागर महोत्तरीको गस्ती टोलीले नियन्त्रणमा लिएको छ ।

नदी किनार र तटबन्धक्षेत्रमा जथाभावी उत्खनन् गरेको पाइएपछि पाँच उपकरण नियन्त्रणमा लिएको ९ नम्वर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार नियन्त्रणमा लिएका उपकरण आवश्यक कानूनी कारवाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीमा बुझाएको छ ।

वालुवा, ढुङ्गा निकाल्न जिल्लाको उत्तरीक्षेत्रमा र माटो निकाल्न दक्षिणी क्षेत्रमा उत्खनन् हुने गरेको पाइएको छ । खासमा पछिल्लो पटक माटोको कारोवार गर्नेहरुले दीपावली र छठ पर्वको मुखमा नदी क्षेत्रमा उत्खनन् बढाएका छन् । अहिले जिल्लाका सबैजसो नदीक्षेत्रमा प्रत्येक दिनजसो माटो खन्ने र ढुवानी गर्नेको जगजगी बढेको सर्वसाधारणको टिप्पणी छ ।

जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगर क्षेत्रका नदीमा भने सदाकाल नै जस्तो क्रसर उद्योगीले अवैध नदी उत्खनन् गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]