०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

‘चालकसँग एक मिनेट’ कार्यक्रम शुरु

Logo
प्रकाशित आइतबार, कार्तिक २३, २०७७

न्यूजमधेश डेस्क
नवलपुर,२३ कार्तिक । दुर्घटना न्यूनिकरणका लागि ‘चालकसँग एक मिनेट’ कार्यक्रम शुरु गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा राजमार्ग तथा शहरी क्षेत्र केन्द्रित गरी सो कार्यक्रम शुरु गरिएको हो । राजमार्गमा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि कार्यक्रम शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मुनेन्द्र थापाले बताउनुभयो ।

गण्डकी प्रदेश भरी नै यो कार्यक्रम आजबाट एकैसाथ शुरु गरिएको प्रमुख थापाले बताउनुभयो । गण्डकी प्रदेशका ११ वटै जिल्लामा कार्यक्रम शुरु गरिएको र पहिलो चरणमा एक महिनासम्म कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालय प्रमुख थापाले बताउनुभयो ।

“पहिला प्रहरी र चालकबीचको सम्बन्ध सुधार गर्ने, त्यसका लागि सम्मानपूर्वक नमस्कारबाट शुरु गरी नियमका बारेमा जानकारी प्रदान गरिनेछ”, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख थापाले भन्नुभयो, “अन्त्यमा पनि नमस्कार गरी बिदा गरिनेछ ।”

एक मिनेटमा सवारीसाधन चलाउँदा अनिवार्य रुपमा सिटबेल्ट लगाउन, मोटरसाइकल, स्कुटर चलाउँदा अनिवार्य हेल्मेट प्रयोग गर्न, हेल्मेटको फित्ता लगाउन भनिने प्रमुख थापाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]