१४ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
×

सिरहामा आलु बीउको अभाव

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,३० कार्तिक । कोरोना सङ्क्रमणका कारण मुलुक बाहिरबाट थोरै मात्रामा आलुको आयात भएपछि सिरहामा आलु बिउको अभाव भएको छ । आलुको बढी आयात हुने भारतको पश्चिम बङ्गालबाट यस वर्ष कोरोना सङ्क्रमण र बन्दाबन्दीका कारण थोरै मात्रामा आलु आयात भएपछि बिउको अभाव भएको व्यापारीहरुले बताएका छन् । आलुको अभाव भएसँगै बजारमा बिउको मूल्यसमेत अकासिँदा किसानहरु मारमा परेका छन् ।

आलु खेती लगाउने समयमा आलु बिउमा व्यापारीहरुले अचानक मनपरी मूल्य वृद्धि गरेका कारण समस्यामा परेको किसानहरुले गुनासो गरेका छन् । गत वर्ष ५० किलो (एक बोरा) को एक हजार रुपैयाँ पर्ने आलु बिउको मूल्य यस वर्ष अहिले रु तीन हजार रुपैयाँमा बिक्री भइरहेको किसानहरुले बताएका छन् ।

आलु रोप्नका लागि खेत तयार पारेर बिउका लागि लहान बजार आइपुग्नुभएका तरेगनाका किसान शत्रुघन चौधरीले अचानक बिउको मूल्य बढेकाले समस्यामा परेको गुनासो गर्नुभयो । “अघिल्लो वर्ष रु एक हजारमा एक बोरा बिउ खरिद गरेको थिएँ, यस वर्ष पनि त्यहीअनुसार मूल्य होला भन्ने सोचेर बिउ खरिद गर्न आएँ तर मूल्य बढेपछि बिउ खरिद नै नगरी रितो फर्किनु परेको छ ।” अचानक बजारमा आलु बिउको मूल्य बढे पनि बजार अनुगमन नभएकाले व्यापारीहरुको मनपरी बढेको चौधरीको कथन छ ।

“एकातिर आलुको मूल्य बढेको छ भने अर्काेतिर बोरामा पनि कम तौल रहने गरेको छ”, सिरहाको सीतापुरका सुभाष साहले भन्नुभयो, “बोरामा ५० किलो रहेको बताए पनि घरमा लगेर जोख्दा कुनै बोरामा ४६, ४७ र ४८ किलो मात्र आलु पाइएको छ ।” बोरामा आलु कम पाइए पनि त्यस्ता व्यापारीमाथि कुनै कारवाही नभएको उहाँको गुनासो छ ।

सिरहाका बजारहरुमा अहिले बङ्गाली, सेतो र रातो आलुको बिउ बिक्री भइरहेको छ । यस वर्ष बङ्गाली आलु रु दुई हजार ९००, सेतो आलु रु तीन हजार १०० र रातो आलु बीउ रु तीन हजार १०० मा विक्री भइरहेको छ । बन्दाबन्दीका कारण भारतको पश्चिम बङ्गालबाट थोरै मात्रामा आलु आएको र त्यहाँबाट महँगो खरिद गरेर ल्याउनुपरेकाले महँगोमै बिक्री गर्नुपरेको व्यापारीहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]