२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

हत्याका फरार अभियुक्त पक्राउ

Logo
प्रकाशित बिहिबार, मंसिर ०४, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,४ मङ्सिर । कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक र नागरिकता मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन्

आठ वर्ष अगाडि २२ वर्षीय किशोरलाई अपहरण गरेर कर्तव्य गरी मारेर फरार रहँदै आएका एकडारा गाउँपालिका–३ का जीवछ अन्सारीलाई महोत्तरीको जलेश्वर नपा–३ भिठ्ठामोडबाट बुधबार प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका अन्सारीलाई सार्वजनिक गरेको हो ।

प्रहरी उपरीक्षक केसीका अनुसार पक्राउ परेका अन्सारीले चार÷पाँच जनासँग मिलेर विसं २०६९ चैत ४ गते जिल्लाकै सोनमा गाउँपालिका–८ का श्याम राय यादवका छोरा कक्षा १२ मा अध्ययनरत २२ वर्षीय पङ्कज यादवलाई ललाइफकाई जलेश्वर घुमाउने भनी ल्याएर अपहरण गरी लागुऔषध सेवन गराई अर्धचेत भएपछि जलेश्वर नपा–१ स्थित राविम क्याम्पसको चौरमा निजको घाँटी रेटी हत्या गरेका थिए । पङ्कज धनुषाको जनकपुर नगरपालिकाको पिडाडीचोकमा डेरा गरी बस्दै आएका थिए ।

पक्राउ परेका अन्सारीले नै ल्याएको छुराबाट चार–पाँच जना मिलेर किशोर यादवको हत्या गरी उनले नै बोकी ल्याएको खुर्पा र कोदालोले घटनास्थल नजिकै रहेको रातुखोलाको बगरमा खाल्डो खनी शव गाडेका थिए । साथै मृतकका बुवा श्याम राय यादवलाई विसं २०६९ चैत १० गते सिरहा जिल्लाको लक्ष्मीपुरस्थित कमला नगरमा बोलाई रु सात लाख नेपाली फिरौतीसमेत लिएका थिए ।

महोत्तरी जिल्ला अदालतले निज अन्सारीको हकमा विसं २०७२ जेठ १८ गते अपहरण तथा शरीर बन्धक मुद्दामा १७ वर्ष कैद र रु दुई लाख ७५ हजार जरिवाना तोकेको छ भने कर्तव्य ज्यान मुद्दा मुल्तवीमा छ । त्यस्तै उनले झुठा विवरण पेश गरेर विसं २०५१ मा नेपाली नागरिकता लिएकामा उनी उपर २०६२ मा जिल्ला प्रशासन कार्यालय महोत्तरीमा नागरिकता मुद्दासमेत चलाइएको छ ।

विद्यार्थी यादवको अपहरण तथा हत्या मुद्दामा यसअघि दुई जना पक्राउ परिसकेको र उनीहरु कारागारमा कैदी जीवन बिताइरहेका छन् भने दुई÷तीन जना अझै फरार छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]