न्यूजमधेश डेस्क
जनकपुरधाम ,५ मंसिर । सुनको मूल्य आज पनि ओरालो लागेको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएको छ । बिहीबार भने प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको थियो । यस्तै चाँदी आज प्रतितोला रु पाँचले घटेको छ । बिहीबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २१० मा कारोवार भएको छ ।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक  :मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता
वरिष्ठ सल्लाकार : बिपी साह
वरिष्ठ सल्लाकार : श्रवण देव
वरिष्ठ सल्लाकार : सन्तोष जादब

सम्पर्क

सम्पर्क कार्यालय :जनकपुरधाम ( भानु चौक )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected]

Copyright © 2018-2020 News Madhesh