२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

सिरहामा गाउँसभा बदरको माग गर्दै अदालतमा मुद्दा

Logo
प्रकाशित सोमबार, मंसिर ०८, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,८ मंसिर । गाउँसभा बदरको माग गर्दै सिरहाको बरियारपट्टी गाउँपालिकाका उपाध्यक्ष तथा केही वडाअध्यक्षले अदालतमा मुद्दा दायर गरेका छन् ।

कानूनी प्रक्रिया पूरा नगरी गाउँपालिकाका अध्यक्षले मनपरी रुपमा गाउँसभा गरेको भन्दै बदरको माग गर्दै गाउँपालिकाका उपाध्यक्ष रेखाकुमारी यादव, वडा नं १ का वडाध्यक्ष नेवालाल यादव, वडा नं ४ का वडाध्यक्ष नवीनकुमार यादव र स्थानीय गुमस्ताकुमार यादवलले उच्च अदालत जनकपुर इजलाश राजविराजमा मुद्दा दायर गरेका हुन् ।

गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतोले केही वडाध्यक्षको मिलोमतोमा कानून विपरीत गाउँसभा गरेको भन्दै गाउँपालिका अध्यक्ष, वडाअध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलाई विपक्षी बनाइ मुद्दा दायर गरिएको कानूनका विद्यार्थीसमेत रहेका गुमस्ताकुमार यादवले जानकारी दिनुभयो । असार १० गतेभित्र गाउँसभा गरिसक्नुपर्ने प्रावधान भए पनि गत कात्तिक २ गते बरियारपट्टी गाउँपालिकाको गाउँसभा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]