३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

सङ्घीय सरकारको सहयोगमा ट्रमा सेन्टर र सरुवारोग अस्पताल निर्माण हुने

Logo
प्रकाशित शुक्रबार, मंसिर १२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१२ मंसिर । मुख्यमन्त्री लालबाबु राउतले सरुवारोग तथा महामारी नियन्त्रण अस्पताल र ट्रमा सेन्टर निर्माण हुने स्थलको आज निरीक्षण गर्नुभएको छ ।

बाराको कलैया उपमहानगरपालिका–१६ झिटकैयामा ५० शय्याको सरुवारोग तथा महामारी नियन्त्रण अस्पताल र बाराकै पथलैयास्थित प्रादेशिक स्वास्थ्य तालीम केन्द्रमा ट्रमा सेन्टर निर्माण गर्ने नीतिअनुरुप सो स्थलको निरीक्षण कार्य गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ ।

सरुवारोग अस्पतालका लागि कलैया उपमहानगरले सात विघा जग्गा प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ भने पथलैयास्थित स्वास्थ्य तालीम केन्द्र प्रदेश सरकारकै मातहतमा रहेको छ ।

सो अवसरमा मुख्यमन्त्री राउतले प्रदेश सरकार सरुवारोग तथा ट्रमा सेन्टरको निर्माण कार्यलाई आफ्नो नीति तथा कार्यक्रममै राखेर बजेटसमेत विनियोजन गरिसकेको बताउनुभयो । उहाँले सङ्घीय सरकारले समेत सहयोग गर्ने भएपछि दुवै अस्पतालको निर्माण कार्य चाँडै शुरु हुने जानकारी गराउनुभयो । उहाँले यी दुवै अस्पताल प्रदेशको गौरवको योजनाको रुपमा रहने र यसले यस क्षेत्रका बासिन्दामात्र नभई प्रदेशनै लाभान्वित हुने विश्वास प्रकट गर्नुभयो ।

सो निरीक्षण टोलीमा मुख्यमन्त्री राउतका साथै सांसदद्वय रामसहायप्रसाद यादव र रामबाबु यादव, प्रदेशसभा सदस्यहरु पारस साह, बच्चा यादव, ज्वाला साह, सुन्दर विश्वकर्मा र सामाजिक विकास मन्त्रालयका सचिवलगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]