०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

Logo
प्रकाशित शनिबार, मंसिर १३, २०७७

न्यूजमधेश सम्बादाता
लण्डन ,१३ मंसिर । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा विज्ञान कूटनीतिको भुमिका, स्वास्थ्य क्षेत्रको बढ्दो महत्व र मौसम परिवर्तनको अन्तर्राष्ट्रिय चुनौति’का विषयमा विचार विमर्शका लागि अन्तर्राष्ट्रिय वेबिनार आयोजना गरेको छ ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान विश्वको त्रासदीका रूपमा रहेको एवं विश्वव्यापी सङ्कटका रूपमा रहेको कोभिड–१९ सङ्क्रमणले नेपाल जस्तो अविकसित तथा भूपरिवेष्टित राष्ट्रलाई सबैभन्दा बढी प्रभावित पारेको र यससँग जुध्न अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्य जरुरी रहेको बताउनुभएको दूतावासले जनाएको छ ।

स्वास्थ तथा कूटनीतिक क्षेत्रमा कार्यरत विभिन्न देशका विज्ञहरू सहभागी रहेको उक्त कार्यक्रममा जर्मनीको बर्लिनमा रहेको प्रयोगात्मक विज्ञानका लागि युरोप विश्वविद्यालयका रेक्टर प्रा मौटिट्स भ्यान रुइजेनले स्वास्थ्यको विश्वव्यापीकरणमा विश्वविद्यालयहरुले खेल्ने भूमिका र कोभिड महामारीले विश्वव्यापीकरणलाई पारेको प्रभाव बारे प्रकाश पार्नुभएको थियो । साथै एङ्गलिया विश्वविद्यालयका पूर्व प्राध्यापक रिचार्ड हार्वेले कोभिड महामारीका कारण विश्वमा हालसम्मकै सबैभन्दा ठूलो कूटनीतिक चुनौती र वैज्ञानिकहरु बीचको सहयोग तथा सहकार्य एवं विज्ञान कूटनीतिको प्रभावकारीता सम्बन्धमा विचार राख्नुभएको थियो ।

संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको सभापतित्व सम्पन्न कार्यक्रममा अल्वानियाका राष्ट्रपतिका राजनीतिक सल्लाहकार ह्यरिस वोङ्गलीले कोभिड सङ्क्रमणका सन्दर्भमा अल्वानियाको अनुभव र महामारीमा विकासशील देशहरुले भोग्नुपर्ने समस्याहरुको बारेमा, अल्बाबटेईन सांस्कृतिक प्रतिष्ठान कुवेतका महासचिव तथा ट्युनिसियाको परराष्ट्र मन्त्रालयका सचिव प्राध्यापक तोहामी अब्दुलीले कूटनीति र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको बारे र ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयका प्राध्यापक टिटुस ओलानीले दिगो तथा नवीकरणीय ऊर्जा विकासका विषयमा आफ्नो प्रस्तुति दिनुभएको उपनियोग प्रमुख श्री रोशन खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]