१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

व्यापारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

Logo
प्रकाशित शनिबार, मंसिर १३, २०७७

न्यूजमधेश डेस्क
परासी ,१३ मंसिर । दूषित खाद्यपदार्थ उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा नवलपरासी बर्दघाट सुस्तापश्चिमका एक व्यापारी थुनामा परेका छन् ।

पहेँलो सुकेको केराउ ९मटर०लाई कृत्रिम रङमा भिजाएर हरियो बनाई बिक्री गरेको आरोपमा सदरमुकाम परासीस्थित ऋिद्धिसिद्धि मिष्ठान भण्डारका सञ्चालक विजयकुमार गुप्तालाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गत वर्षको भदौ ३१ गते बजार अनुगमनको क्रममा पहेँलो केराउलाई कृत्रिम रङमा भिजाएर हरियो बनाई बिक्री गरिरहेको अवस्थामा फेला पारेपछि सञ्चालक गुप्ताविरुद्ध जिल्ला अदालत नवलपरासीमा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण सम्बन्धी मुद्दा दायर गरेको थियो ।

जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले प्रतिवादी गुप्तालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको र कारागार चलानसमेत गरिएको नवलपरासी जिल्ला अदालतका शाखा अधिकृत तीर्थराज शर्माले जानकारी दिनुभयो ।

कार्यालयका खाद्य निरीक्षक श्रवण ढुङ्गानाको प्रतिवेदनका आधारमा यही भदौ १५ गते दायर गरिएको मुद्दामा खाद्य ऐन २०२३ को दफा ३ विपरीत गरेको देखिएको भन्दै सोही ऐनको दफा ५ ९१० बमोजिमको सजाय तथा दफा ४१ बमोजिमको क्षतिपूर्ति भराई पाउन माग गरिएको छ । उक्त कसुर प्रमाणित भएमा पाँच वर्षसम्म कैद र रु ५० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने अदालतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]