०८ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

ठूलो परिमाणमा अलैचीसहित एक पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर १३, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,१३ मंसिर ।जिल्लाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरबाट प्रहरीले अलैचीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा अबैध अलैचीसहित मिनीट्रक र चालकलाई नियन्त्रणमा लिएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग१ख ९२२६ नम्बरको मिनीट्रकमा लोड गरिएको ३२ क्विन्टल अलैचीसहित मिनीट्रक नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्र्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवालले जानकारी दिनुभयो ।

ग्रिन डायमण्ड एण्ड एग्रीकल्चर फार्म एण्ड रिसर्च सेन्टर प्रालि मादी– ८ कास्कीको नाममा १० क्विन्टल अलैची र रु पाँच लाख राजश्व तिरेको बील रहेकामा मिनीट्रकमा ३० क्विन्टल अलैची भेटिएकाले अनुसन्धानका लागि मिनीट्रक र त्यसका चालक तनहुँको शुक्लागण्डकी नगरपालिका– ५ का ३१ वर्षीय सुजन परियारलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

नियन्त्रणमा लिएको अलैचीसहित मिनीट्रक र चालकलाई आवश्यक कानूनी कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]