१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

ठूलो परिमाणमा अलैचीसहित एक पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर १३, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,१३ मंसिर ।जिल्लाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरबाट प्रहरीले अलैचीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा अबैध अलैचीसहित मिनीट्रक र चालकलाई नियन्त्रणमा लिएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग१ख ९२२६ नम्बरको मिनीट्रकमा लोड गरिएको ३२ क्विन्टल अलैचीसहित मिनीट्रक नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्र्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवालले जानकारी दिनुभयो ।

ग्रिन डायमण्ड एण्ड एग्रीकल्चर फार्म एण्ड रिसर्च सेन्टर प्रालि मादी– ८ कास्कीको नाममा १० क्विन्टल अलैची र रु पाँच लाख राजश्व तिरेको बील रहेकामा मिनीट्रकमा ३० क्विन्टल अलैची भेटिएकाले अनुसन्धानका लागि मिनीट्रक र त्यसका चालक तनहुँको शुक्लागण्डकी नगरपालिका– ५ का ३१ वर्षीय सुजन परियारलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

नियन्त्रणमा लिएको अलैचीसहित मिनीट्रक र चालकलाई आवश्यक कानूनी कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]