०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

कमला नदीमा भूत मेला

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

मनोज मोरबैता
जनकपुरधाम ,१५ मंसिर। कमला नदी किनारमा सोमबार भूत मेला लागेको छ । कात्तिक शुक्ल पूर्णिमाको दिन तान्त्रिक शक्ति एवं सिद्धि प्राप्त हुने जनविश्वाससहित धामीझाक्री भाकल गर्दै कमला नदीमा पुगेर स्नान गर्ने गर्दछन् ।

धनुषा र सिरहा जिल्ला छुुट्याउने कमला नदीको किनारमा अनौठो तथा भव्य भूत मेला लागेको हो। कात्तिक शुक्ल पूर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वास रहेको छ । यस अवसरमा धनुषा र सिरहाको कमला नदी किनारमा मेलासमेत लागेको छ । मेला हेर्न सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुबनि, दरभंगा, समस्तीपूरलगायत ठाँउका हजारौँ हजारको संख्यामा मानिस धनुषा र सिरहास्थित कमला नदीमा पुगेका हुन् ।

धामीझाक्री बन्ने विश्वासका साथ उनीहरू देउता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेस्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वास रहेको बताइएको छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिन लाग्ने भूत मेलामा आइतबार साँझदेखि नै टाढाटाढाबाट आएका श्रद्धालुले कमला नदीमा स्नान गरेका थिए ।

भूत मेलामा स्नान गरेपछि घर आउने वेलामा भक्तजनहरूले कमला नदीको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् । मूल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन छ ।तराई मधेशमा सदियौदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ ।

स्नानको समयमा मूल धामीहरूले लोक भाकामा गीतसमेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा महराई भन्ने गरिएको छ । आप्mनो गाउँमा धामीहरूलाई डो¥याएर कमला र गंगासागर स्नान गर्न ल्याएका धनुषाको कमला नगरपालिका घर भएका एक धामीका अनुसार शरीरमा देउता चढ्नेहरूलाई यहां ल्याउने गरिएको बताउँछन् । तराईमा मन्त्र सिकाउने धामीलाई भगता भन्ने गरिन्छ ।

पवित्र नदीमा प्रथम स्नान गर्ने धामीझांक्रीसँग आशिष थाप्ने श्रद्धालुहरूको संख्या पनि उल्लेखनीय रहने गरेको छ । देउता खेल्दै आएका महिलापुरुषहरू कमला नदीमा स्नान गरी घर फर्किन्छन् । मुख्यतः ग्रामीण भेगका अशिक्षितका कारण टुनामुनामा विश्वास गर्ने महिला पुरुषहरूको संख्या ठूलो रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]