०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

न्यूजमधेश डेस्क
सर्लाही ,१५ मंसिर ।आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको मुज्जफरपुर घर भइ सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ६ स्थित ससुराली घरमा बस्दै आएका ती पुरुषले छोरीलाई पटकपटक बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका पुरुष उनका श्रीमती, दुई छोरा र एक छोरीसँगै एक इँट्टा उद्योगमा काम गर्दै आएका थिए ।

परिवारजनका अनुसार करिब एक महिनाअघि उनले छोरीलाई राति घरबाहिर लगी बलात्कार गरेका थिए । त्यसपछि गत मङ्सिर १२ गते राति पुनःबलात्कार गरेपछि श्रीमतीले नै ती पुरुषविरुद्ध प्रहरीमा उजुरी दिएकी जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताउनुभयो ।

पीडित बालिका र उनका बुबाको जिल्ला अस्पताल सर्लाहीमा स्वास्थ्य परीक्षण गरिएको र ती पुरुषलाई जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]