१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

कञ्चनरुपमा १५ श्ययाको अस्पताल शिलान्यास

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,१५ मंसिर ।सप्तरीको कञ्चनरुप नगरपालिका–८ कञ्चनपुरमा १५ श्ययाको अस्पताल शिलान्यास गरिएको छ ।

हरेक पालिकामा कम्तिमा एउटा १५ श्ययाको अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको नीति अनुसार कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्तकुमार मिश्रले शिलान्यास गर्नुभयो ।विसं २०५३ मा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी प्राथमिक अस्पताल बनाउन थालिएको हो ।

सो अवसरमा प्रमुख मिश्रले गुणस्तरीय अस्पताल निर्माणका लागि नगरपालिकाबाट हुने सहयोग गर्ने उल्लेख गर्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख निरु पोखरेलले यो अस्पतालबाट यहाँका मात्र नभई छिमेकी गाउँपालिका र नगरपालिकाले समेत लाभ लिन सक्ने विश्वास ब्यक्त गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले संविधानमा प्रत्येक स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय सरकारले अस्पताल निर्माणका लागि चालू आर्थिक वर्षमा रु तीन करोड २३ लाख तीन हजार बजेट विनियोजन गरेको नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक डम्बरप्रसाद गुप्ताले जानकारी गराउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]