१३ माघ २०८२, मंगलबार
27-01-2026 , Tue
×

कर्मचारी नहुँदा मालपोत कार्यालयको कामकाज प्रभावित

Logo
प्रकाशित मंगलबार, मंसिर १६, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,१६ मंसिर । कार्यालय प्रमुखसहित दरबन्दीअनुसारको कर्मचारी नहुँदा मालपोत कार्यालय लहानको कामकाज प्रभावित भएको छ । प्रमुख मालपोत अधिकृत, मालपोत अधिकृतसहितका कर्मचारी नहुँदा कार्यालयको आर्थिक प्रशासनिक तथा मुद्दासम्बन्धी महत्वपूर्ण काम प्रभावित हुँदै आएको छ ।

यसका साथै कार्यालयबाट सेवाग्राहीलाई प्रदान गरिने सेवा प्रवाहमा समेत कठिनाइ भइरहेको मालपोत कार्यालय लहानका निमित्त प्रमुख दीपेन्द्रनारायण चौधरीले जानकारी दिनुभयो । कार्यालय प्रमुख नहुँदा मुद्दा फाँटबाट सम्पादन हुने कार्य अवरुद्ध हुनुका साथै आर्थिक, प्रशासनिक कार्यसमेत प्रभावित हुँदै आएको निमित्त प्रमुख चौधरीले बताउनुभयो ।

सो कार्यालयमा एक प्रमुख मालपोत अधिकृत, दुई मालपोत अधिकृत, १० नायबसुब्बा, चार खरिदार, एक लेखापालसहित २७ जनाको दरबन्दी रहे पनि विगत चार वर्षदेखि प्रमुख मालपोत अधिकृत, दुई मालपोत अधिकृत, चार नायबसुब्बा तथा दुई जना खरिदार रिक्त छन् ।

हाल सो कार्यालयमा छ नायबसुब्बा, दुई खरिदार, करारमा रहेका तीन कम्प्युटर अपरेटर र कार्यालय सहयोगीले सेवाग्राहीलाई सेवा पुर्याउँदै आएका छन् । “कार्यालयमा दैनिक सेवाग्राहीको चाप बढ्दै गएको छ”, निमित्त प्रमुख चौधरीले भन्नुभयो, “एकातिर कर्मचारीको अभाव छ अर्कोतिर सेवाग्राहीको चाप बढ्दो छ, यस्तो अवस्थामा सेवा पुर्याउन असाध्यै कठिनाइ भइरहेको छ ।” कार्यालयमा वर्षौँदेखि रिक्त रहेका कर्मचारीबारे प्रमुख जिल्ला अधिकारी तथा विभागमा जानकारी गराइसके पनि कर्मचारी पठाइदिने आश्वासन मात्र पाएको उहाँको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]