२५ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

हिंसाविरुद्ध कविता

Logo
प्रकाशित मंगलबार, मंसिर १६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१६ मंसिर । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा सोमबार सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा लैङ्गिक हिंसाविरुद्ध कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको आयोजना र मैथिली महिला परिषद्को संयोजनमा भएको प्रतियोगितात्मक मैथिली कविता गोष्ठीमा राज राय प्रथम, पिङ्की झा द्वितीय र मीना साह तृतीय हुनुभएको छ ।

रायले ‘बलात्कार र न्याय’, झाले ‘सुरक्षित जीवनको अधिकार’ तथा साहले ‘मिथिलाको छोरी’ शीर्षकमा कविता वाचन गर्नुभयो । कार्यक्रमका मूल समारोह समितिका संयोजक मनोहर पोखरेल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायणलाल दास र मैथिली महिला परिषद्का अध्यक्ष शान्ति झाले प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो ।

कार्यक्रममा संयोजक पोखरेलले कोरोनालाई अपराध मान्ने समाजले बलात्कारमा मौन रहन र मिलापत्र गर्न नमिल्ने बताउनुभयो । हिंसा नगर्ने र नसहने मात्र नभई हिंसा थाहा पाउने हरेकले खबरदारी गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । लैङ्गिक हिंसा महिलाको मात्र समस्या नभई साझा समस्या हो भनेर बुझ्न, बुझाउन सके मात्र सभ्य समाजको निर्माण गर्न सहज हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा पोखरेल, करुणा झा, कार्यक्रम संयोजक प्रतिमा देव, गायिका कञ्चन झा, नारायण देवले समेत लैङ्गिक हिंसाविरुद्ध अप्रतियोगी कविता तथा गीत वाचन गर्नुभएको थियो । राष्ट्रिय गीत र गोसाउनी गीतबाट शुरु भएको कार्यक्रममा बन्दना मिश्रले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमा मिश्रले हिंसालाई सामान्यरूपमा लिने सोच, गरिबी, अशिक्षा, चेतनाको कमीका कारण हिंसा बढ्दै गएकाले कानूनलाई कठोर दण्डनीय बनाउन र सामाजिक सोच परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]