२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

शहीद नगरपालिकाको बिसरभोरामा अस्पताल बन्ने!

Logo
प्रकाशित बुधबार, मंसिर १७, २०७७

सिबेन्द्र रोहिता
जनकपुरधाम,१७ मंसिर । शहीद नगरपालिकाको वडा नम्बर ८ बिसरभोरामा १० शैय्याको अस्पतालको शिलान्यास गरिएको छ ।

वडाका अध्यक्ष तनुकलाल यादवले एक कार्यक्रमकाबीच बिसरभोराका सानो टोलका उक्त अस्पतालको शिलान्यास गरेका हुन् ।

शिलान्यास गर्दै वडा अध्यक्ष यादवले यो अस्पताल निर्माण भएपछि यस नगरपालिका क्षेत्रका बासिन्दाले स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे ।

शिलान्यास कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रत्नेश्वर लाल गोइत, जनता समाजवादी पार्टीका नेता जीवन रोहिता, नेपाली कांग्रेसका कामेश्वर गोइत, बुद्धिजीवी पवन मण्डल, बैधनाथ मण्डल, जगरनाथ मण्डलसहितको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ। स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । कुण्डमा आज माताको श्राद्ध तथा उहाँको सम्झनामा तर्पण एवं दान […]

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

सिरहा । सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर रामलाई नगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले एक समारोहकाबीच ५०/५० किलो चामल, त्रिपाल, भाँडाकुँडा, दाल, तेल, नुनलगायत दैनिक उपभोग्य सामग्री वितरण गर्नुभएको हो । राहत सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले अग्नीपीडितको छानामा जस्तापाता लगाउन नगरपालिकाबाट थप रु २५/२५ हजार नगद […]