०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

एनएमबी बैंकले पायो बैंक अफ दि इयर २०२० को उपाधि

Logo
प्रकाशित बुधबार, मंसिर १७, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,१७ मंसिर । एनएमबी बैंक लिमिटेडले ‘बैंक अफ दि इयर २०२०’ को उपाधि पाएको छ । बेलायतको फाइनान्सियल टाइम्सले सन् २०२० का लागि ‘बैंक अफ दि एयर २०२० नेपाल’ बाट एनएमबी बैंकलाई सम्मान गरेको हो । पछिल्लो चार वर्षमा बैंकले उक्त उपाधि पाएको यो तेस्रो पटक हो ।

बैंकको कूल पूँजीको आकार तथा यसको सन्तुलित सञ्जाल विस्तारका कारण शहरी, अर्ध शहरी र ग्रामीण क्षेत्रलाई समेटेर उल्लेखनीय प्रगति गरेको जनाइएको छ । एनएमबी बैंकले नवीकरणीय ऊर्जा, कृषि, साना तथा मझौला कर्जा विस्तार तथा विद्युतीय कारोवारलाई समेत प्रश्रय दिएको छ ।

निष्ठामा आधारित दिगो मूल्य एवं दीर्घकालीन सोचका साथ आफना कामलाई बढावा दिने बैंकको अभियानले अन्तरराष्ट्रियरुपमा समेत आफूलाई सशक्तरुपमा उभ्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चार वर्षको बीचमा तेस्रोपटक उपाधि पाउँदा हामी असाध्यै खुशी भएका छौँ भन्दै बैंकले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसमा हाम्रो कडा परिश्रम र समर्पणको प्रमाण हो, हाम्रा ग्राहक, नियामक, बैंकको सञ्चालक समिति र सरोकारवाला सबैको सहयोग नै अमूल्य रहेको छ ।” कोभिड– १९ को विषम अवस्थामा पनि बैंकले गरेको प्रयास एवं डिजिटल माध्यमबाट भएका निर्वाध सेवाले आमरुपमा सहयोग पु¥याएको र सफलतामा योगदान गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]