०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

बर्दिवास घटना : पीडितलाई प्रदेश सरकारको राहत

Logo
प्रकाशित बुधबार, मंसिर १७, २०७७

न्यूजमधेश डेस्क
बर्दिवास ,१७ मंसिर । महोत्तरीको बर्दिवासमा एक साताअघिको बालिका अपहरण र हत्या एवम् प्रदर्शनमा मारिएका परिवारलाई प्रदेश २ सरकारले राहत घोषणा गरेको छ ।

आज बर्दिबासमा प्रदेश–२ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले पीडित परिवारलाई राहत घोषणा गर्नुभएको हो । मन्त्री यादवले पीडित परिवारजनलाई दोषीमाथि कडा कार्वाही हुने विश्वास पनि दिलाउनु भएको छ ।

मङ्सिर–७ गते आइतबार साँझ अपहरणमा परी भोलिपल्ट ९ मध्यरातमा बोरामा खाँदिएको अवस्थामा शव बरामद भएकी बर्दिबास–१४ शुभम् बस्तीका शहीद आलमकी छ वर्षीया छोरी गुलाव शाह ९गुलवशा० खातुन र प्रदर्शनका क्रममा घाइते भई उपचारका क्रममा मृत्यु भएका बर्दिबास–१ का बुद्धिराज ९सञ्जय० न्यौपानेका परिवारलाई पाँच÷पाँच लाख नगद प्रदान गरिने मन्त्री यादवले घोषणा गर्नुभएको हो । मङ्सिर–९ गते मङ्गलबार बालिका अपहरण र हत्या गर्नेलाई कडा कार्वाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको काठमाडौँस्थित ग्रान्डी अस्पतालमा सोही रात उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रदेश सरकारले प्रदर्शनका क्रममा घाइते भएका बर्दिबास–५ का श्याम कार्की र बालिका गुलवशाका आफन्त आफताव आलमलाई एक÷एक लाख प्रदान गर्ने घोषणा गरेको छ । मन्त्री यादवले मृतक न्यौपानेका नाबालक छोराछोरीको पठनपाठन व्यवस्थाका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लग्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

बर्दिबासको यो घटना प्रकरणले यहाँ मङ्सिर ८ गतेदेखि नै चर्को नाराबाजी गर्दै प्रदर्शनकारीले दिनदिनजसो बजार बन्द गराएर प्रदर्शन गर्दै आएका थिए । गत बिहीबार ९मङ्सिर ११ गते० गृह मन्त्रालयले घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन गर्ने, पीडित परिवारलाई राहत दिने र दोषीलाई कडा कार्वाही गर्ने नागरिकस्तरबाट गठित वार्ता समितिसँग प्रतिबद्धता जनाएपछि आन्दोलन मत्थर हुनसँगै सोही दिन न्यौपानेको काठमाडौँमा र बालिका गुलवशाको जनकपुरमा आ–आफ्नो परम्पराअनुसार अन्त्येष्टि भएको थियो ।

घटना प्रकरणमा गृह मन्त्रालयबाट गठित उपसचिव नेतृत्वको टोलीले बर्दिबासमा छानबिन शुरु गरेको छ । यसैगरी गत बिहीबार नै बर्दिबास नगरपालिकाले दुवै मृतक परिवारलाई प्रतिपरिवार दुई लाख ५० हजार नगद र दुवै परिवारका एक÷एक जनालाई योग्यता क्षमताका आधारमा रोजगारी उपलब्ध गराउने घोषणा गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]