०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

खोलामा पुल नहुँदा सास्ती

Logo
प्रकाशित शनिबार, मंसिर २०, २०७७

न्यूजमधेश डेस्क
लहान ,२० मंसिर । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ स्थित सरे खोलामा पुल नहुँदा सो क्षेत्रका स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षांैदेखि सरे खोलामा पुल नहुँदा धनगढीमाई–१२ र १४ का स्थानीयवासी जोखिमपूर्णरुपमा यात्रा गर्न बाध्य भएका हुन् ।

सुख्खा मौसममा भन्दा वर्षायामको समयमा खोला तर्न ठूलो समस्या भइरहेको सो क्षेत्रका स्थानीयवासीले बताएका छन् । पुल निर्माणका लागि पटकपटक आग्रह गरे पनि हालसम्म पुल निर्माण नभएको स्थानीय सीताराम महतोले बताउनुभयो ।

“काम विशेषले धनगढी, गोलबजारसम्म पुग्न यही खोलाबाट वारपार गर्नुपर्ने हुन्छ”, गडमे टोलका बासिन्दा रामसेवक महतोले भन्नुभयो, “वर्षात्को समयमा खोलामा धेरै पानी हुन्छ, ज्यान नै बाजीमा राखेर ओहोरदोहोर गर्नुपर्ने बाध्यता हुने गरेको छ ।” खोलामा पुल नभएकाले गाउँदेखि टाढामा रहेको विद्यालय पुग्ने बालबालिका होस् वा सरकारी कार्यालय पुग्ने कर्मचारीलाई समेत ठूलै सकस भइरहेको उहाँको दुखेसो छ ।

सरे खोलामा पुल नहँुदा वर्षायामका बेला गाउँका बिरामीलाई अस्पतालसम्म लैजान असाध्यै कठिनाइ हुने गरेको महतोले बताउनुभयो । पुलको समस्याबारे पटकपटक जनप्रतिनिधिदेखि सांसद र मन्त्रीलाई सुनाए पनि उहाँहरुबाट आवश्वासनबाहेक केही नपाएको स्थानीयवासीको गुनासो छ ।

वडा नं १२ का वडाध्यक्ष राजु श्रेष्ठले सरे खोलामा पुल निर्माण गर्न डिपिआर तयार गरी बजेटका लागि सङ्घीय सरकार र प्रदेश सरकारमा पेश गरेको जानकारी दिनुभयो । उहाँले पुल निर्माणका लागि बढी रकम लाग्ने र नगरपालिकाको बजेटबाट नभ्याउने भएकाले बजेटका लागि सङ्घीय सरकार र प्रदेश सरकारलाई योजना पेश गरेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]