०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

खोलामा पुल नहुँदा सास्ती

Logo
प्रकाशित शनिबार, मंसिर २०, २०७७

न्यूजमधेश डेस्क
लहान ,२० मंसिर । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ स्थित सरे खोलामा पुल नहुँदा सो क्षेत्रका स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षांैदेखि सरे खोलामा पुल नहुँदा धनगढीमाई–१२ र १४ का स्थानीयवासी जोखिमपूर्णरुपमा यात्रा गर्न बाध्य भएका हुन् ।

सुख्खा मौसममा भन्दा वर्षायामको समयमा खोला तर्न ठूलो समस्या भइरहेको सो क्षेत्रका स्थानीयवासीले बताएका छन् । पुल निर्माणका लागि पटकपटक आग्रह गरे पनि हालसम्म पुल निर्माण नभएको स्थानीय सीताराम महतोले बताउनुभयो ।

“काम विशेषले धनगढी, गोलबजारसम्म पुग्न यही खोलाबाट वारपार गर्नुपर्ने हुन्छ”, गडमे टोलका बासिन्दा रामसेवक महतोले भन्नुभयो, “वर्षात्को समयमा खोलामा धेरै पानी हुन्छ, ज्यान नै बाजीमा राखेर ओहोरदोहोर गर्नुपर्ने बाध्यता हुने गरेको छ ।” खोलामा पुल नभएकाले गाउँदेखि टाढामा रहेको विद्यालय पुग्ने बालबालिका होस् वा सरकारी कार्यालय पुग्ने कर्मचारीलाई समेत ठूलै सकस भइरहेको उहाँको दुखेसो छ ।

सरे खोलामा पुल नहँुदा वर्षायामका बेला गाउँका बिरामीलाई अस्पतालसम्म लैजान असाध्यै कठिनाइ हुने गरेको महतोले बताउनुभयो । पुलको समस्याबारे पटकपटक जनप्रतिनिधिदेखि सांसद र मन्त्रीलाई सुनाए पनि उहाँहरुबाट आवश्वासनबाहेक केही नपाएको स्थानीयवासीको गुनासो छ ।

वडा नं १२ का वडाध्यक्ष राजु श्रेष्ठले सरे खोलामा पुल निर्माण गर्न डिपिआर तयार गरी बजेटका लागि सङ्घीय सरकार र प्रदेश सरकारमा पेश गरेको जानकारी दिनुभयो । उहाँले पुल निर्माणका लागि बढी रकम लाग्ने र नगरपालिकाको बजेटबाट नभ्याउने भएकाले बजेटका लागि सङ्घीय सरकार र प्रदेश सरकारलाई योजना पेश गरेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]