१४ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
×

खेतमा पराल जलाउँदा उर्वराशक्ति नष्ट हुँदै

Logo
प्रकाशित सोमबार, मंसिर २२, २०७७

न्यूजमधेश डेस्क
वीरगञ्ज,२२ मंसिर । केही वर्षयता पर्सा बारालगायत तराईका जिल्लामा किसानले ‘कम्बाइण्ड हार्वेष्टर मेशिन’ लगाएर धान गहुँ काटेर खेतमै चुट्ने तथा परालमा आगो लगाउने प्रवृत्तिका कारण जमीनको उर्वराशक्ति नष्ट भई उत्पादन क्षमतामा ह्रास आउन थालेको छ ।

किसानले मजदूर नपाउनु, समयको बचत हुन्छ भनेर कम्बाइण्ड हार्वेष्टर मेशिनको व्यापक प्रयोग गरेर धान गहुँ काट्ने तथा खेतमै पराल छाडी त्यसमा आगो लगाउने गरेकाले वातावरणमा प्रदूषण फैलिनु, माटोको उर्वराशक्ति नष्ट हुनु तथा माटोमा रहेको चिस्यानसमेत नष्ट भएर गएपछि अन्य बालीसमेत लगाउन समस्या हुने गरेको कृषि औजार अनुसन्धान केन्द्रले जनाएको छ ।

वरिष्ठ वैज्ञानिक तथा केन्द्र प्रमुख सचीनकुमार मिश्रले भन्नुभयो, “तराईका जिल्लामा विगत पाँच÷छ वर्षदेखि किसानले धान, गहुँलगायतका बाली काट्दा कम्पाइण्ड हार्वेष्टर मेसिन खेतमै लग्ने गरेको र खेतमै धान, गहँु चुट्ने र खेतमै परालमा आगो लगाउने गरेकाले यसले गर्दा माटोको उर्वराशक्ति छिन्न हुनु, उर्वराशक्ति बढाउने जीवाणु नष्ट हुनु, माटोमा रहेको चिस्यानसमेत नष्ट भएर जाने भएकाले यसको प्रभाव अर्कोपटक लगाउने बालीमा पर्ने गरेको छ ।”

नेपालमा पहिलोपटक कम्बाइण्ड हार्वेष्टर मेशिनको प्रयोग पर्साको कौवावनकटैयाका किसान काशिम अन्सारीले गर्नुभएको थियो । सो मेशिनको प्रयोग गरी धान र गहँु बाली काट्दा समय र पैसाको समेत बचत हुने भएपछि यसको देखासिकी गरी अन्य किसानले पनि यो मेशिनको प्रयोग गर्न थालेका छन् । पर्सा र बारामा यो मेशिनको सङ्ख्या ३०० को हाराहारीमा छ ।

धान गहुँको अवशेष व्यवस्थापन गर्न किसानले राउण्ड बेलर मेशिनको प्रयोग गरी परालको बण्डल, गाईबस्तुलाई खुवाउन सकिने, पेपर मिललाई बेचेर आर्थिक लाभ लिन सकिने, भुस बनाउन सकिने र यसलाई बेचेर थप आर्थिक लाभ लिन सकिन्छ । पर्सा, बारामा ६० प्रतिशत किसानले खेतमै पराल जलाउने गरेकाले सरकारले धान, गहँुको अवशेष व्यवस्थापनमा ध्यान दिनुपर्ने माग गरिएको छ ।

सो कार्यालयले गरेको अनुसन्धानबाट धानभन्दा गहँु काट्ने बेलरको प्रभावकारिता बढी फाइदाजनक रहेको देखिएको छ । सो कार्यालयले कसरी धान, गहँुको अवशेषको व्यवस्थापन गर्न सकिन्छ । सोबारेमा अध्ययन गरिरहेको बताइएको छ । सो कार्यालयले मेशिनबाट धान, गहँु, उखुलगायतका बाली रोप्ने तथा काट्ने यन्त्रसमेत प्रयोगमा ल्याई सकिएको छ ।

भारतको सर्वोच्च अदालतले किसानले पराल खेतमा नजलाउनमा रोक लगाए जस्तै नेपाल सरकारले पनि आफ्ना किसानलाई खेतमा पराल जलाउन रोक लगाउनु तथा यसको व्यवस्थापनको व्यवस्था मिलाउनुपर्ने माग पर्साका किसानको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]