१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

रकम अभावमा अस्पतालमै छन निको भइसकेका बालक

Logo
प्रकाशित बुधबार, मंसिर २४, २०७७

रञ्जन भण्डारी
महोत्तरी , २४ मंसिर ।गत असोज १ गते मोटरसाईकलको ठक्करले घाईते भई विराटनगर स्थित विराटनगर अस्पतालमा उपचाररत साढे तिन वर्षिय वालक सरिफ अन्सारी अहिले निको भैसकेर घर फिर्ता हुने प्रतिक्षामा छन । तर अस्पतालको वक्यौता रकम तिर्न नसकेर उनी डिस्चार्ज हुन पाएका छैनन । उनको उपचार वापत परिवारले अस्पताललाई १२ लाख तिर्नु पर्ने छ तर पैसा नहुदा उक्त वक्यौक्ता रकम तिर्न सकिएको छैन ।

मोटरसाईकल ठक्करले बालकको मस्तिष्कमा चोट लागि रगत समेत जमेको,छातीको देव्रे भागमा गम्भिर चोट लागेको र कम्मरमा क्रयाक भएको अवस्थामा उनको सोहि वेला देखि उपचार हुदै आएको थियो । अस्पतालले दुई महिनाकै उपचारमा करिव १२ लाख खर्च भएको पत्र दिएको छ भने औषधीमा थप करिव ६ लाख गरि लगभग १८ लाख खर्च भएको छ । परिवारले करिव ६ लाख विभिन्न सरसापटी तथा घरजग्गा बन्धकी राखेर बुझाए तर अझै तिर्नु पर्ने रकम धेरै भएपछि परिवारले त्यती रकम कहाबाट ल्याउने भनि चिन्तित हुदै गुहार मांगेका छन ।

घाईते बालकलाइ ठक्कर दिनेको तर्फबाट हालसम्म कुनै सहयोग नभएपछि विचल्लीमा परेको परिवार आर्थिक सहयोगको लागि भौतारिनु परेको उनका काका मोहम्मद मुस्तफा अन्सारी बताउछन ।

जलेश्वर नगरपालिका वडा नं. ३ निवासी मोहम्मद मुर्तजा अन्सारीका छोरा सरिफको मुख र घाटीबाट अक्सिजन र खानाको पाईप हाल निकालिसकिएको र स्वास्थ्यमा पहिले भन्दा निक्कै सुधार भएपछि अस्पतालले वक्यौक्ता रकम तिरेर वच्चालाई डिस्चार्ज गरेर लग्न गत साता देखि नै ताकेदा गरिरहेपनि परिवारले रकम व्यवस्था गरेर बच्चालाई डिस्चार्ज गराउन सकेको छैन ।

बालकको वुवा हाल वैदेशिक रोजगारीमा मलेसियामा रहेकोमा उनले समेत कमाएको सवै रकम वच्चाको उपचारमा लगाईसकेको र अव त्यहाबाट समेत रकमको जोहो हुने सम्भावना न्युन रहेको वेला अस्पतालमा तिर्नु पर्ने बक्यौता रकम अभाव भएको हो ।

आर्थिक सहयोगको लागि मोहम्मद मुस्तफा अन्सारीको प्रभु बैंकको जलेश्वर शाखामा रहेको बचत खाता नं. ०६३०१५७७२६४०००१४ मा पठाउन सकिने छ । उनको मोबाईल नं. ९८१७६४२७८५ रहे
को छ ।

मेरो छोराको उद्धार गरिदिनुस ः बालकका आमा
बच्चाको आमा जरिना खातुन अहिले वच्चासंगै अस्पतालमा छिन । उनले आफ्नो वच्चालाई घर ल्याउन अस्पताललाई तिर्नु पर्ने रकम नभएपछि अस्पतालमै बन्धक सरह बस्नु परेको वताउदै सहयोगको याचना गरेकि छिन । वच्चा अहिले स्वस्थ्य भयो अस्पतालले मेरो वच्चालाई वचाईदियो । तर अस्पतालको पैसा आफुले तिर्न सकेको छैन,जरिनाले वताईन ।

बच्चालाई ठक्कर दिनेले गरेन सहयोग 
बच्चालाई आफ्नो मोटरसाईकलले ठक्कर दिई घाइते बनाएका जनकपुर उप महानगरपालिका किशोरी नगरका लोमश झा अहिले पुर्पक्षका लागि थुनामा छन । बच्चाको उपचारको लागि जिल्ला प्रसासन कार्यालयले रकम उपलब्ध गराउन निर्देशन दिएपछि रकम जम्मा नगरेपछि उनलाई थुनामा राखिएको हो । उनको ज८प १८९३ नंं.को मोटरसाईकलले वालकलाई ठक्कर हानेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]