०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

रौजामजार सौन्दर्य अभिवृद्धि योजनाले इस्लाम धर्मावलम्बी खुश

Logo
प्रकाशित बुधबार, मंसिर २४, २०७७

न्यूजमधेश डेस्क
महोत्तरी,२४ मंसिर । महोत्तरीमा अतिप्रसिद्ध रौजामजारमा सौन्दर्य अभिवृद्धिको काम थालिएको छ । जिल्लाको बलवा नगरपालिका–११ रौजाबजारस्थित तीन इस्लाम धर्म परम्पराका सुफी सन्तहरुको मजार ९चिहान, समाधीस्थल०मा प्रदेश नं २ सरकारले थालेको सौन्दर्य अभिवृद्धि योजनाले यस भेगमा इस्लाम धर्मावलम्बी खुशी र उत्साहित देखिएका छन् । प्रदेश नं २ सरकारले मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत यो धार्मिकस्थलमा सौन्दर्य अभिवृद्धि योजनाको काम थालेको हो ।

“अब रौजामजार पर्यटन प्रवद्र्धनका दृष्टिले पनि जिल्लाकै नमूना ठाउँ बन्ने आश जाग्यो”, बलवा–११ का इस्लाम धर्मावलम्बी युवा जाकिर अहमद भन्नुहुन्छ, “यद्यपि काम भने गुणस्तरयुक्त र गतिमा बढ्ने हो कि होइन रु यो सन्देह मेटिने गरी हुनुपर्छ ।” प्रदेश नं २ सरकारले रौजामजार सौन्दर्य अभिवृद्धिको काम रु ११ करोड ९० लाखको लागतमा थालेको हो । गत बुधबार १७ मङ्सिर जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उपेन्द्र यादव, यसै दलका वरिष्ठ नेता तथा मजारअवस्थित महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्य शरदसिंह भण्डारी र प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले संयुक्तरूपमा यो योजनाको शिलान्यास गर्नुभएको हो ।

“आफ्नो धर्म, संस्कृति, मान्यता र परम्पराले महत्व पाउँदा खुशी लाग्दोरहेछ, अहिले हामी अल्पसङ्ख्यक इस्लाम धर्मावलम्बीमा यही खुशी छाएको छ”, रौजासँगै जोडिएको भङ्गाहा नगरपालिका–१ कविलाशाका अमिरुल अन्सारीले भन्नुभयो, “मुलुककै वरिष्ठ नेताहरुले संयुक्तरूपमा शिलान्यास गर्नुभएको छ, यो गुलजार ९हराभरा, सुन्दर० भएको हेर्न पाइयोस् ।” इस्लाम धर्म परम्पराका मोल्वी ९पुरोहित, धर्म परम्पराका ज्ञाता० समेत रहनुभएका अन्सारीले राज्यको वास्ताले अल्पसङ्ख्यकलाई पनि राज्यले हेर्दैछ भन्ने आश जगाएको बताउनुभयो ।

काम शुरु भएर त्यत्तिकै अल्झेर रहेका थुप्रै योजना देखेका यस भेगका बासिन्दा मजारको सौन्दर्य अभिवृद्धिको काममा व्यवधान नआओस् भन्ने कामना गर्दैछन् । “थालिएका काम समयमा नसक्ने हाम्रो रोग छ”, रौजा बस्तीका मन्सुर आलमले भन्नुभयो, “मुलुकका सम्मानित नेताहरुले शिलान्यास गर्नुभएको छ, यहाँ त्यस्तो नहोस् ।”

रौजामजार प्रदेश नं २ सरकारको महत्वको योजना रहेको र समयमै पूरा हुने प्रदेश सरकारका प्रमुख सचिव अर्जुनप्रसाद पोखरेल बताउनुहुन्छ । रौजामजारको कामले धार्मिक सद्भाव, धार्मिक पर्यटन प्रवद्र्धन र स्थानीय ९रौजा र आसपासका ठाउँ० को विकासमा महत्वपूर्ण योगदान दिने प्रमुख सचिव पोखरेलको भनाइ छ ।

इस्लाम धर्मावलम्बी सुफी सन्त गदाली बाबा, रहमतअली बाबा र बहारअली बाबाको रौजास्थित मजारमा नेपाल र भारतका लाखौँ हिन्दू र इस्लाम धर्मावलम्बी भक्तजन आफ्नो मन्नत ९इच्छित चाहना० को पुकार गर्न र मन्नत पूरा भएपछि भाकलअनुसार पूजा दिन रौजा पुग्ने गर्छन् । मजारमा आफ्ना व्यथा र पीडाको वर्णन गर्दै यसबाट छुटकारा पाउन पुकारा गर्नेको जमातमा हिन्दू र इस्लाम धर्मावलम्बी सराबरी देखिन्छन् ।

“बाबा ९सुफी सन्तलाई गरिने आम सम्बोधन जसको भाव हजुरबा भन्ने हुन्छ०को दरबार ९मजार० मा दुःख पुकारा गर्दा सुनवाइ हुन्छ”, पछिल्ला २० दिनदेखि मजारमै आफ्ना दुःख रुँदै फलाक्दै आउनुभएकी सर्लाहीको सलेमपुरकी रधियादेवी यादव भन्नुहुन्छ, “यहाँको बसाइ र बाबासँगको दुःख पुकाराले मन हलुको हुँदैछ ।” मजारमा सन्तान माग्न, पारिवारिक बेमेल हुनेले सुलह माग्न र शारीरिक पीडाबाट छुटकारा पाउन पुकारा गर्ने गरेका देखिन्छ ।

रातु नदी तटअवस्थित यो मजार हिन्दू र इस्लाम धर्मावलम्बीको साझा आस्था र विश्वासको थलो बनेको छ । यस ठाउँको सौन्दर्य अभिवृद्धि योजनाको काम थालिएसँगै रातु नदीमा मजार पटिबाट पक्की तटबन्ध निर्माणको काम सँगसँगै थालिनुपर्ने रौजावासी बताउँछन् ।

नेपालको अजमेर शरीफ ९भारतको अजमेर शरीफको प्रसिद्धीसँग दाँजेर० भनेर चिनिने अतिप्राचीन इतिहास बोकेको रौजा मजारको विकास, संरक्षण र सौन्दर्य अभिवृद्धिको कामले जिल्लामा एक प्रमुख धार्मिक पर्यटकीय गन्तव्यको ठाउँ बन्ने बलवा नगरपालिकाका प्रमुख विनोद यादव बताउनुहुन्छ । प्रदेश सरकारले थालेको यो योजनामा सङ्घीय सरकारको चासो बढे काम अझ प्रभावकारी हुने नगरप्रमुख यादवको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]