१६ माघ २०८२, शुक्रबार
30-01-2026 , Fri
×

अपाङ्गमैत्री संरचना निर्माणमा जोड

Logo
प्रकाशित बुधबार, मंसिर २४, २०७७

न्यूजमधेश डेस्क
मोरंग ,२४ मंसिर । प्रदेशमा निर्माण हुने संरचनामा अपाङ्गता एवं फरक क्षमता भएका सबैको पहुँच पुग्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटा र राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश समितिले संयुक्तरुपमा आज यहाँ आयोजित ‘अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना र विद्यमान संरचना’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले अब निर्माण हुने प्रदेश तथा स्थानीय तहका संरचनामा अपाङ्गता एवं फरक क्षमता भएका व्यक्तिको पहुँच पुग्नुपर्ने सुझाव दिएका हुन् ।

सो अवसरमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङ्गता भएका व्यक्तिलाई सम्मान र उनीहरुको जीवनशैली सहज बनाउन सबैको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो ।

उहाँले अब निर्माण हुने भौतिक संरचनालाई अपाङ्गमैत्री बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको बताउँदै अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि मन्त्रालयको भुइँतलामा सम्पर्क केन्द्र राखिएको जानकारी दिनुभयो ।

महासङ्घका प्रदेश समिति अध्यक्ष विमल बस्नेतले अपाङ्गमैत्री संरचना निर्माणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउँदै सबै क्षेत्रमा सहज प्रवेशका लागि अपाङ्गता भएका व्यक्ति, वृद्ध र बालबालिकालाई प्राथमिकता दिनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमन सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिको पहुँच र दीगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ नाराका साथ अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा आयोजित अन्तक्र्रियामा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, विराटनगर महानगरपालिका, बूढीगङ्गा, कटहरी र ग्रामथान गाउँपालिका र सम्बन्धीत सङ्घसंस्थालगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]