१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

अपाङ्गमैत्री संरचना निर्माणमा जोड

Logo
प्रकाशित बुधबार, मंसिर २४, २०७७

न्यूजमधेश डेस्क
मोरंग ,२४ मंसिर । प्रदेशमा निर्माण हुने संरचनामा अपाङ्गता एवं फरक क्षमता भएका सबैको पहुँच पुग्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटा र राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश समितिले संयुक्तरुपमा आज यहाँ आयोजित ‘अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना र विद्यमान संरचना’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले अब निर्माण हुने प्रदेश तथा स्थानीय तहका संरचनामा अपाङ्गता एवं फरक क्षमता भएका व्यक्तिको पहुँच पुग्नुपर्ने सुझाव दिएका हुन् ।

सो अवसरमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङ्गता भएका व्यक्तिलाई सम्मान र उनीहरुको जीवनशैली सहज बनाउन सबैको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो ।

उहाँले अब निर्माण हुने भौतिक संरचनालाई अपाङ्गमैत्री बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको बताउँदै अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि मन्त्रालयको भुइँतलामा सम्पर्क केन्द्र राखिएको जानकारी दिनुभयो ।

महासङ्घका प्रदेश समिति अध्यक्ष विमल बस्नेतले अपाङ्गमैत्री संरचना निर्माणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउँदै सबै क्षेत्रमा सहज प्रवेशका लागि अपाङ्गता भएका व्यक्ति, वृद्ध र बालबालिकालाई प्राथमिकता दिनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमन सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिको पहुँच र दीगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ नाराका साथ अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा आयोजित अन्तक्र्रियामा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, विराटनगर महानगरपालिका, बूढीगङ्गा, कटहरी र ग्रामथान गाउँपालिका र सम्बन्धीत सङ्घसंस्थालगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]