१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

सप्तरीमा लागुऔषधसहित दुई युवक पक्राउ

Logo
प्रकाशित बुधबार, मंसिर २४, २०७७

न्यूजमधेश डेस्क
राजविराज,२४ मंसिर । प्रहरीले सप्तरीको बोदेबर्साइन नगरपालिकाबाट लागुऔषधसहित दुई युवकलाई आज पक्राउ गरेको छ ।

पक्राउपर्नेमा वडा नं ५ खोजपुरका १९ वर्षीय आशिष भनिने सच्चितानन्द चौधरी र सोही ठाउँका शुभकान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा बोदेबर्साइन नगरपालिका वडा नम्बर ५ जाँजरबाट दुवै जना युवकलाई पक्राउ गरेको हो । स ३ प ३६६१ नंको मोटरसाइकलमा सवार भएर गइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुको साथबाट १० थान डाइजिल्याव एम्पुल, आठ थान फेर्नागन एम्पुल, १० थान नोफिन एम्पुल बरामद भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]