१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

सप्तरीको तिलाठीमा सशस्त्र र नेपाल प्रहरीबीच झडप

Logo
प्रकाशित बिहिबार, मंसिर २५, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,२५ मंसिर । नेपाल–भारत सीमा नाका सप्तरीको तिलाठीमा बुधबार दिउँसो सशस्त्र र नेपाल प्रहरीबीच झडप भएको छ । तिलाठी –कुनौली नाका अन्तर्गत तिलाठी नजिक खाडो खोलाको छेउमा रहेको सशस्त्र प्रहरीको चेकजाँचस्थल नजिक सादा पोसाकमा रहेका नेपाल प्रहरी र ड्युटीमा रहेका सशस्त्र प्रहरीबीच झडप भएको प्रत्यक्षदर्शीले जानकारी दिए ।

भारतबाट नेपाल आइरहेकाहरुलाई चेक गर्ने क्रममा दुवै सुरक्षा निकायका जवानबीच भएको विवाद गालीगलौज हुँदै हात हालाहाल सम्म पुगेको ती प्रत्यक्षदर्शीले बताए । कोरोना महामारीपछि नेपाल सरकारले सीमा सिल गरेको भएपनि सीमामा दैनिक सयौंको संख्यामा मानिस ओहोरदोहोर गर्ने गरेका छन् भने तस्करी मौलाएको छ ।

सदरमुकाम राजविराजबाट सादा पोसाकमा गएको नेपाल प्रहरीको टोली सशस्त्रको चेकजाँचस्थल नजिक भारतबाट आउँदै गरेकाहरुलाई चेक गर्न थालेपछि दुवै सुरक्षा निकायबीच भनाभन सुरु भएको थियो ।

सशस्त्र प्रहरी बलको तिलाठी बीओपीका सशस्त्र प्रहरी निरीक्षक सुशिल केसीले दुवै सुरक्षा निकायका जवानबीच ुमिस अन्डरस्ट्यान्डिङु भएको बताए । ‘नेपाल प्रहरीका साथीहरु सादा पोसाकमा हाम्रो चेकजाँचस्थ्ल नजिक आएका थिए,पारीबाट आउनेहरुसित जथाभावी कुरा गर्न थालेपछि हाम्रो जवानहरुले कहाँबाट आएको भनेर सोधपुछ गर्ने क्रममा मिस अन्डरस्ट्यान्डिङ भएको हो,’केसीले भने । जिल्ला प्रहरी कार्याल्य सप्तरीका डीएसपी भुवनेश्वर साहले घटनाबारे बुझिरहेको बताए । ‘सामान्य केही विवाद भएको हो भन्ने खबर आएको छ,विस्तृत रुपमा बुझदैछु,’ डिएसपी साहले भने । कान्तिपुर दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]