२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

मानव तस्करीमा क-कसको साथ ?

Logo
प्रकाशित बिहिबार, मंसिर २५, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,२५ मंसिर।अध्यागमन विभागका कर्मचारीको सेटिङमा मानव तस्करहरूले हजारौँको सङ्ख्यामा बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाएका छन् । हात्तीछाप चप्पल लगाएर कोही पनि खाडी मुलुक घुम्न जाँदैन भन्ने सरकार र सरकारका कर्मचारीलाई जानकारी नभएको होइन, तर वैदेशिक रोजगार ऐन २०६४ र नियमावलीविपरीत दुई लाख पचास हजार लिएर मानव तस्करहरूले युवायुवती बेचिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमनका कर्मचारीले ९० हजारदेखि माथि घुस लिएर सेटिङ मिलाइरहेका छन् ।

‘कोभिड १९’ का कारण आठ महिना अन्तर्राष्ट्रिय उडान ठप्प थियो । सरकारले हवाइसेवा कम्पनीहरूलाई यही मंसिर १ देखि अन्तर्राष्ट्रिय उडान भर्ने अनुमति प्रदान गरेदेखि यता मानव तस्करहरूले हजारौँको सङ्ख्यामा भिजिट भिजाको माध्यमबाट वैदेशिक रोजगारीमा नेपाली नागरिक पठाइसकेका छन् । उनीहरू अलपत्र परे, मृत्यु भयो, रोजगारी पाएनन् भने सरकारले उनीहरूको उद्दार गर्न कानुनतः मिल्दैन ।

वैदेशिक रोजगार विभागमा दर्ता कामय रहेका सयौँ म्यानपावर कम्पनी र ट्राभल्स एजेन्सीहरूले विमानस्थल, अध्यागमन विभागका कर्मचारीहरूसँगको मिलेमतोमा सेटिङ मिलाएर मानवतस्करी गरेका छन् ।

राज्यलाई थाहा हुँदाहुँदै मानव तस्करीजस्तो जघन्य अपराधमा राज्य र बिचौलियाको संलग्नता देखिन्छ । वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको ‘स्काइब्लु’ स्काइ अफ द वल्र्ड मल्टिपल ट्राभल्सका सञ्चालक दीपक राई, रामप्रसाद नेपाल, राईकै स्वामित्वमा रहेको मल्टिपल ट्राभल्स एण्ड टुर्सले दैनिक सय जनाको हाराहारीमा भिजिट भिजामा नेपाली कामदारलाई खाडीलगायतका मुलुकमा वैदेशिक रोजगारीमा पठाउँदै आएको छ । श्रोतका अनुसार राई र उनको म्यानपावर, ट्राभल्सलाई वैदेशिक रोजगार विभागले शंकाको घेरामा राखेको छ । राईले हेटौँडाका ज्ञानी लामा, सत्यदेवी लामा, शर्मिला लामा, अनु लामालगायतका कलिला महिला र गुल्मी मुसीकोटका सुवास परियारसमेतलाई भिजिट भिजामा वैदेशिक रोजगारीमा पठाउन लागेको श्रोतको दाबी छ ।

सुभम ओभरसिजका सोम बि.सी., सेन्ड फ्लाई टुर एण्ड ट्राभल्सकी सञ्चालिका पूजा नकर्मी र भैरबशम्सेर जवरा, वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको द.नं. ११८७/०७३/०७४ का सुनिल चुडाल, चुडालकै हेभव भ्याली ट्राभल्स एण्ड टुर्सले विमानस्थल सेटिङ गर्ने गरेको छ । सर्लाही ट्राभल्स र बोन म्यानपावरका सञ्चालक अजय चौधरीले अन्तर्राष्ट्रिय उडान शुरु भएयता हजारौँको सङ्ख्यामा भिजिट भिजामा नेपाली कामदारहरू पठाइसकेका छन् । चौधरी काठमाडौं प्रवेश गर्दा फाटेको चप्पलकै भरमा आएका थिए भन्ने चर्चा हालसम्म चलिरहेको छ । उनको धन्दालाई वैदेशिक रोजगार पत्रकार समाज नाम रहेको एक एनजीओले सघाउँदै आएको बुझिएको छ ।

वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको ९९५/०६७/०६८ फ्रन्टलाइ रिक्रुटमेन्ट प्रा.लि.का सञ्चालक सुरज के.सी.ले समेत भिजिट भिजामा कामदार पठाउने गरेका छन् । उनीसँग सूचना विभागको रातो प्रेस पास छ । यो त एउटा उदाहरण मात्रै हो । म्यानपावर बजारमा पत्रकारहरू बिक्री भइसकेका छन् । सयौँको सङ्ख्यामा यस्ता नक्कली पत्रकारहरू जन्माइएको छ, केवल एकछाक रोजीरोटीको लागि । सूचना विभाग र नेपाल पत्रकार महासङ्घसमेत यस्ता अनियमितता र पित पत्रकारिताबाट चोखो रहन सकेका छैनन् । अब अनुसन्धान कसले गर्छ ? के.सी.लाई अर्जुन नरसिंह के.सी.का छोरीज्वाइँ गगन थापा, केदार नरसिंह के.सी. बद्री नरसिंह के.सी.लगायतकाको संरक्षण रहेको बताइन्छ । यस्तै, मल्टिपल ट्राभल्स र स्काइब्ल्यु ‘स्काई अफ द वल्र्ड’का सञ्चालक दीपक राईले आफूलाई नेपालकै एक नम्बर पत्रकार दाबी गर्ने कथित ‘चर्चित पत्रकार’को नाम पटक–पटक लिएका छन् ।

अर्कोतर्फ राज्यको उच्च ओहोदा सम्लाहेका वा सम्हालिसकेका, बहालवाला तथा अवकाशप्राप्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारहरूको म्यानपावर कम्पनीहरूमा ठूलो लगानी रहेको छ, जुन नहुनुपर्ने थियो । म्यानपावर कम्पनीहरूमा सेक्युरिटी गार्डको डिमाण्ड आउनेवित्तिकै नेपाली सेना र प्रहरीको जागिर बीचमै छाडेर म्यानपावर धाउने सेना र प्रहरीका बहालवाला र अवकाशप्राप्त जवानहरूको ओइरो नै लाग्ने गर्छ । हुँदाखाँदाको जागिर छाडेर धेरै पैसा कमाउने लोभ देखाउने आफ्नो कमाण्ड र बटालियनमा नेतृत्व गरेका अवकाश प्राप्त उच्च तहका व्यक्तिहरू म्यानपावर कम्पनीका सम्पर्क सुत्रहरू हुन् । राज्यलाई मात्रै हैन स्वयम् रोजगारीमा जाने कर्मठ जवानहरूको रगत र पसिना मातृभुमिमा नभइ विदेशीको भूमिमा बग्ने गरेको छ ।

विभागले एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेशनललाई यसभन्दा पहिले छापा मारेको छ भने गत साता सुर्खेतमा सिल गरेको छ । यस्तै, इम्पावर, स्काइ अफ द वल्र्डमा छापा मारेको श्रोतले जानकारी दिएको छ । मानव तस्करीजस्तो सम्वेदनशील विषयमा अदालतले म्यानपावरे वकिलको भन्दा वैदेशिक रोजगारीमा जाने निरीह, गरिब नागरिकको पक्षमा उभिनुपर्ने जनस्तरबाट आवाज उठेको छ ।-घटना विचार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]