०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

सप्तरीमा ७२ औं विश्व मानवअधिकार दिवसको अवसरमा अस्पतालका १५ जना बिरामी सम्मानित

Logo
प्रकाशित बिहिबार, मंसिर २५, २०७७

न्यूजमधेश डेस्क
सप्तरी ,२५ मंसिर । ७२औं विश्व मानवअधिकार दिवसको अवसर पारेर सप्तरीमा बिरामीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

‘सबैका लागि समान मानवअधिकार र आत्मसम्मानको प्रत्याभूति ह‍ोस् । समान अवसर र लैंगिक समानता सुनिश्चित होस्’ भन्दै महिला अधिकारकर्मी सुनिता साहले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका बिरामीलाई फलफूलसहित दोसल्ला ओढाएर सम्मान गरेकी हुन् ।

अस्पतालको गाइनो वार्डमा भर्ना भएका १२ जना र सर्जिकल वार्डका ३ जना बिरामीलाई फलफूल, एक थान मास्कसहित दोसल्ला ओढाएर सम्मान गरिएको उनले बताइन् ।

सबैलाई सम्मान गर्न सिके मात्र मानवअधिकारको प्रत्याभूति हुने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने अधिकारकर्मी साहले बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]