१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

सप्तरीमा ७२ औं विश्व मानवअधिकार दिवसको अवसरमा अस्पतालका १५ जना बिरामी सम्मानित

Logo
प्रकाशित बिहिबार, मंसिर २५, २०७७

न्यूजमधेश डेस्क
सप्तरी ,२५ मंसिर । ७२औं विश्व मानवअधिकार दिवसको अवसर पारेर सप्तरीमा बिरामीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

‘सबैका लागि समान मानवअधिकार र आत्मसम्मानको प्रत्याभूति ह‍ोस् । समान अवसर र लैंगिक समानता सुनिश्चित होस्’ भन्दै महिला अधिकारकर्मी सुनिता साहले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका बिरामीलाई फलफूलसहित दोसल्ला ओढाएर सम्मान गरेकी हुन् ।

अस्पतालको गाइनो वार्डमा भर्ना भएका १२ जना र सर्जिकल वार्डका ३ जना बिरामीलाई फलफूल, एक थान मास्कसहित दोसल्ला ओढाएर सम्मान गरिएको उनले बताइन् ।

सबैलाई सम्मान गर्न सिके मात्र मानवअधिकारको प्रत्याभूति हुने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने अधिकारकर्मी साहले बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]