२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

मुसहर समुदायमा ओढ्नेको अभाव, आगो तापेर रात कटाउछन्

Logo
प्रकाशित शुक्रबार, मंसिर २६, २०७७

न्यूजमधेश डेस्क
वीरगन्ज,२६ मंसिर । पार्टी फुट्को आशंकाले राजधानीको राजनीति गर्माएको छ। वीरगन्ज–३२ परसवा टोलका तुला माझीलाई भने सिरक फाटेको चिन्ताले सताएको छ । बुधबार तराईमा अचानक चिसो बढेंसँगै ७४ वर्ष कटेका माझीलाई कठ्यांग्रिने डरले सताएको हो।

‘सुकुल ओढेर सुत्दै आएका हामीले धेरै वर्ष पहिला सिरक पाएका थियौं,’ उनले भने, ‘अहिले त्यही सिरक धुजाधुजा भएर फाटेको छ।’ डेढ दशकअगाडि प्रकाशित ‘सिंगो गाउँमा एउटा सिरक’ समाचार पढेपछि दाताले करिब सय घर मुसहर र चमार समुदायलाई सिरक र कम्बल उपलब्ध गराएका थिए। तिनै सिरक ओढ्नै नमिल्ने गरी फाटेका छन्।

‘सिरकको तातोमा हामीले धेरै रात काट्यौं,’ माझीले भने, ‘अहिले हाम्रो न्यानो फाँटेको छ।’ गरिबीको चपेटामा रहेका मुसहर समुदाय ओढ्नेको अभावमा आगो तापेर रात कटाउने गरेका छन्। पराल ओछ्याएर सुत्ने उनीहरू चिसो रातमा सुकुल ओढेर रात कटाउनुपर्ने अवस्थामा छन्।

डेढ दशक अवधिमा मुलुकमा धेरै परिवर्तन भए, धेरै कुरा फेरिए। तर भूमिहीन मुसहर समुदायले सिरकसमेत फेर्न सकेका छैनन्। उनीहरूको बस्ने घर केही फेरिएको छ तर त्यसभित्रको गरिबी उस्तै देखिन्छ। सुत्ने कोठामा ओछ्यान हैन, पराल र सुकुलको थुप्रो भेटिन्छ। ‘स्थानीय सरकार पनि आयो तर हामीले केही पनि राहत महसुस गरेका छैनौं,’ स्थानीय सहदेव माझी भन्छन्, ‘केटाकेटी र बुढाबुढीलाई अझै पनि न्यानो कपडाको अभाव छ।’ अरूको मजदुरी गरेर जीविका चलाउदै आएका उनीहरू कमाइ बिहानबेलुकाको छाक टार्दैमा सकिने सुनाउँछन्।

गाउँका बुढापाकालाई हरेक वर्ष अन्य बिमारीको भन्दा पनि जाडोकै चिन्ताले सताउने गर्छ। त्यसैले कोरोनाको कहरमाझ पनि उनीहरूले ओढ्ने कुराको चिन्ताले नै सताउन गरेको छ। ‘यी जाडमे ना मरेम् तो एक साल और जियम ९यो जाडोमा मरिनँ भने अर्को एक वर्ष बाँच्छु०’ भन्ने बुढापाका तराईमा थुप्रै भेटिन्छन्।

तुला र सहदेवजस्तै तराई क्षेत्रका थुपै गरिब समुदायले चिसोको समयमा यस्तै समस्या बेहोर्दै आएका छन्। तराईमा हरेक वर्ष शीतलहरले ज्यान गुमाउनेको संख्या बढ्दैछ। सरकारले सुरुमै न्यानो कपडा वितरण गर्ने तर्फचासो देखाउने गरेको छैन।

विगतमा सर्वोच्च अदालतले समेत जाडोको समय तराईमा चल्ने शीतलहरका कारण ज्यान गुमाउने नागरिकको रक्षाका लागि तत्काल उचित व्यवस्था गर्न सरकारका नाममा निर्देशात्मक आदेश जारी गरेको थियो। तर त्यो अझैसम्म पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]