१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

योमरी चखाएर बीबीसी मास्टर सेफको फाइनल पुगे सन्तोष

Logo
प्रकाशित शुक्रबार, मंसिर २६, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,२६ मंसिर । नेपाली सेफ सन्तोष साह अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ‘ बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ प्रतियोगिताको फाइनल राउन्ड प्रवेश गरेका छन् । ‘बीबीसी वान’ मा बिहीबार बेलुका प्रसारित सेमिफाइनल राउन्डमा मौलिक नेवारी परिकार योमरी चखाएर उनी शीर्ष ६ स्थानसहित फाइनल राउन्ड पुगेका हुन् ।

बिहीबार ४ प्रतियोगी सेफमध्ये उत्कृष्ट प्रदर्शन गरेका सन्तोष सिधै फाइनल राउन्ड पुग्न सफल भएका थिए । अन्य ३ प्रतियोगीबीच फेरि प्रतिस्पर्धा गराएर थप २ जनालाई फाइनलमा लगिएको छ । फाइनल आउँदो साता १७ डिसेम्बरमा हुँदै छ ।

बिहीबारको एपिसोडमा सन्तोषले योमरीसहित निर्णायकको आग्रहमा चिकेन चिल्ली, हट एन्ड साओर सुप, क्रिस्पी नुडल्सलगायत इन्डो चाइनिज परिकार र अचार पनि बनाएर खुवाए । प्रतियोगितामा सहभागी कुल ३२ व्यावसायिक सेफमध्ये विभिन्न चरण पार गर्दै टप ६ सम्मको यात्रा तय गर्न सफल सन्तोषले यसलाई आफ्नो करियरकै ठूलो उपलब्धि भनेका छन् । ‘मास्टर सेफ प्रतियोगिता मेरो लागि जीवन परिवर्तनको माध्यम बन्यो,’ उनले कान्तिपुरसँग खुसी साटे, ‘नेपाली खाना विश्व जगत्‌लाई चिनाउने मेरो धोको एक हदसम्म पूरा भएको छ । म नेपाली पृथक् खानाको प्रवर्धनमा निरन्तर लागिरहनेछु ।

गत मंगलबार सेमिफाइनलको पछिल्लो राउन्डमा उनले नेपालको हिमाली ‘कुइजिन’बाट प्रेरित भुटेको काँक्रोको बिया, भुटेको कटहरको बिया, बन तरुल, प्याजको अचार, स्याउको चट्नीलगायत परिकार प्रस्तुत गरेका थिए । त्यसअघि सन्तोषले भेडाको पोलेको मासु, मासुको झोल, सिस्नु, बेथेको साग, भाङको चटनी, आलु तरकारी, मकैको रोटी, तामाको अचारजस्ता मौलिक नेपाली परिकार पस्किएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]