०४ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

योमरी चखाएर बीबीसी मास्टर सेफको फाइनल पुगे सन्तोष

Logo
प्रकाशित शुक्रबार, मंसिर २६, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,२६ मंसिर । नेपाली सेफ सन्तोष साह अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ‘ बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ प्रतियोगिताको फाइनल राउन्ड प्रवेश गरेका छन् । ‘बीबीसी वान’ मा बिहीबार बेलुका प्रसारित सेमिफाइनल राउन्डमा मौलिक नेवारी परिकार योमरी चखाएर उनी शीर्ष ६ स्थानसहित फाइनल राउन्ड पुगेका हुन् ।

बिहीबार ४ प्रतियोगी सेफमध्ये उत्कृष्ट प्रदर्शन गरेका सन्तोष सिधै फाइनल राउन्ड पुग्न सफल भएका थिए । अन्य ३ प्रतियोगीबीच फेरि प्रतिस्पर्धा गराएर थप २ जनालाई फाइनलमा लगिएको छ । फाइनल आउँदो साता १७ डिसेम्बरमा हुँदै छ ।

बिहीबारको एपिसोडमा सन्तोषले योमरीसहित निर्णायकको आग्रहमा चिकेन चिल्ली, हट एन्ड साओर सुप, क्रिस्पी नुडल्सलगायत इन्डो चाइनिज परिकार र अचार पनि बनाएर खुवाए । प्रतियोगितामा सहभागी कुल ३२ व्यावसायिक सेफमध्ये विभिन्न चरण पार गर्दै टप ६ सम्मको यात्रा तय गर्न सफल सन्तोषले यसलाई आफ्नो करियरकै ठूलो उपलब्धि भनेका छन् । ‘मास्टर सेफ प्रतियोगिता मेरो लागि जीवन परिवर्तनको माध्यम बन्यो,’ उनले कान्तिपुरसँग खुसी साटे, ‘नेपाली खाना विश्व जगत्‌लाई चिनाउने मेरो धोको एक हदसम्म पूरा भएको छ । म नेपाली पृथक् खानाको प्रवर्धनमा निरन्तर लागिरहनेछु ।

गत मंगलबार सेमिफाइनलको पछिल्लो राउन्डमा उनले नेपालको हिमाली ‘कुइजिन’बाट प्रेरित भुटेको काँक्रोको बिया, भुटेको कटहरको बिया, बन तरुल, प्याजको अचार, स्याउको चट्नीलगायत परिकार प्रस्तुत गरेका थिए । त्यसअघि सन्तोषले भेडाको पोलेको मासु, मासुको झोल, सिस्नु, बेथेको साग, भाङको चटनी, आलु तरकारी, मकैको रोटी, तामाको अचारजस्ता मौलिक नेपाली परिकार पस्किएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]