०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

रौतहटका आठवटा क्रसर उद्योग बन्द गर्न निर्देशन

Logo
प्रकाशित शनिबार, मंसिर २७, २०७७

न्यूजमधेश डेस्क
रौतहट ,२७ मंसिर । जिल्लाका विभिन्न स्थानीय तहमा मापदण्ड मिचेर क्रसर उद्योग सञ्चालन गरिँदै आएको अनुगमन समितिले फेला पारेको छ । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नगरी स्थानीय तहको अनुमतिबेगर चल्दै आएका ८ वटा क्रसर उद्योग समितिको प्रतिवेदनपछि जिल्ला प्रशासन कार्यालयले बन्द गर्न निर्देशन दिएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिको बैठकले अवैध क्रसर बन्द गर्ने निर्णय गरेको थियो । बैठकअघि समितिले क्रसरहरूको स्थलगत अनुगमन गरेको थियो । सोही अनुसार वृन्दावन नगरपालिका–८ स्थित श्रीराम जानकी क्रसर उद्योग, फतुवा विजयपुर नगरपालिका–८ को सुमुख क्रसर उद्योग, गरुडा नगरपालिका–५ स्थित शिवशंकर क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘नियमविपरीत निर्बाध रूपमा क्रसरहरू सञ्चालनमा छन् भन्ने सूचना आएपछि हामीले अनुगमन टोली बनायौं,’ उनले भने, ‘दर्ताबिना र स्थानीय तहको अनुमतिबेगर सञ्चालन गरिएको पाइएकाले त्यस्ता क्रसर बन्द गर्न पत्राचार गरिसकेका छौं ।’

प्रजिअ यादवका अनुसार वृन्दावन नगरपालिका–१ मा रहेको संकटमोचन वासिङ उद्योग, शिवम बालुवा वासिङ उद्योग, चन्द्रपुर नगरपालिका–८ मा रहेको आश्रय अस्फाल्ट एन्ड क्रसर उद्योग, गुजरा नगरपालिकास्थित रमन सगरमाथा जेभी र फतुवा–विजयपुरको श्रेष्ठ ढुकुछु मृत सञ्जीवनी जेभी क्रसर उद्योग बन्द गर्ने निर्णय भएको छ ।- कान्तिपुर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]