२६ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
×

रौतहट बम काण्ड : पूर्वमन्त्री आलमका भाइ महताबलाई जेल चलान

Logo
प्रकाशित आइतबार, मंसिर २८, २०७७

न्यूजमधेश डेस्क
रौतहट ,२८ मंसिर।रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम आइतबार पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

बम बिस्फोटमा घाइते भएकालाई जिउँदै चिम्नि भट्टामा हालेर मारेको आरोपमा मन्त्री आफताब, उनका भाइ महताब लगायत ११ जना माथि कर्तब्य ज्यान, ज्यानमार्ने उद्योग र बिस्फोटक पदार्थको कसुरमा जन्मकैद सजायको मागसहितको अभियोग पत्र अदालतमा दर्ता भएको थियो ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राजपुरस्थित तत्कालीन मन्त्री शेख इद्रिसको घरगोठमा भएको बम विस्फोटमा परी घाइते त्रिलोकप्रताप सिंह र ओशी अख्तर लगायत घाइतेलाई इँटा भट्टामा जिउँदै जलाएको आरोप लागेका महताबलाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले थुनामा पठाउने आदेश गरेको हो ।

उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी गरी तीनवटा कसूरमा सजाय माग गरिएको थियो । तत्काल प्राप्त प्रमाणका आधारमा महताब बेकसुर हुन भन्ने नदेखिएकोले मुलकी फौजदारी कार्यविधि संहिता दफा ६७ बमोजिम पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको जिल्ला अदालतले जनायो।

अदालतको आदेशपछि महताबलाई आइतबार जिल्ला कारागार गौर चलान गरिएको छ । बम बिस्फोटको घटनाको १२ वर्षपछि २०७६ असोज २६ गते कांग्रेस नेता आफताब पक्राउ परेपछि राजनीति आवरणमा गुमनाम उक्त घटनाको अनुसन्धानले सार्थकता पाएको थियो । उनलाई जिल्ला अदालत गौरले २०७६ कात्तिक २९ गते पुर्पक्षका लागि कारागारको आदेश गरेको थियो । दाजु आफताब पक्राउ परेलगत्तै महताब फरार थिए ।

लामो समयसम्म फरार महताबलाई गएको शनिबार मध्यरातमा भारतको मोतिहारीबाट प्रहरीले पक्राउ गरेको थियो । घटनाको १३ वर्षपछि महताब पक्राउ परेका हुन् । यस घटनाका ६ जना आरोपीहरु अझै फरार छन् । प्रहरीले घटनाको मुख्य योजनाकारमा नेता आफताब र उनका भाइ महताबलाई राखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]