१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

सरकार असफल भइसक्यो : गगन थापा

Logo
प्रकाशित सोमबार, मंसिर २९, २०७७

न्यूजमधेश डेस्क
कैलाली ,२९ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी ओली नेतृत्वको नेकपा सरकार पूर्णरुपमा असफल भइसकेको दावी गरेका छन् ।

सोमबार कैलालीको धनगढीस्थित पार्कमोडमा सरकारको विरोधमा गरिएको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गदै थापाले यस्तो बताएका हुन् ।

‘अब जनतामा धैर्यता टुटिसकेको छ । सरकारले जनताले गरेका अपेक्षा केही पूरा गरेन’, पूर्वमन्त्री समेत रहेका नेता थापाले भने, ‘ सरकार शक्तिशाली छ । तर जनतालाई शक्तिशाली बनाउन कुनै काम गरेको छैन, हावादारी गफमा समय बिताइरहेको छ ।’

सरकार अकर्मण्य र गैरजिम्मेवार भएको बताउँदै थापाले भ्रष्टाचार गर्दिनँ भन्नेले वाइडबडी पुरै खाएको आरोप लगाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]