२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

उखु किसानको रकम नदिएको मिल संचालकलाई पक्राउ गर्न सरकारको निर्णय

Logo
प्रकाशित मंगलबार, मंसिर ३०, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,३० मंसिर । सरकारले उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ ।

मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको तीन मन्त्रीको बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले उखु किसानको समस्या हल गर्ने विषयमा छलफल भएको अनलाइनखबरलाई बताए ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी, कृषिमन्त्री घनश्याम भुसाललगायत उपस्थित थिए ।

आइतबारदेखि माइती घरमा उखुको मूल्य माग्दै किसानहरु आन्दोलनरत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]