१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

उखु किसानको पिडा : ऋणले बहुलाइसकेँ, समाजमा मुख देखाउनै गाह्रो

Logo
प्रकाशित बिहिबार, पुष ०२, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,२ पुस । गौशालास्थित धर्मशालाको सानो कोठा । कोठाभित्रको एउटै खाटमा आराम गर्दै थिए दिनभरको आन्दोलनले लखतरान उखु किसान । त्यही समूहमा पातलो ब्ल्याङ्केट ओढेर ढल्केका थिए उनी । साथीहरुले आन्दोलनका कुरा गर्दा आफ्नो कान उनीहरुकै नजिक पुर्‍याएर सुन्ने प्रयास गर्थे । दाहिने कान नसुन्ने भएकाले होला उनीसँग बोल्दा साथीहरु अलि ठूलै स्वरमा बोल्थे ।

उनी अर्थात गगनदेव राय । घर रामनगर गाउँपालिका, सर्लाही । उखु किसान आन्दोलनका लागि काठमाडौं आएको तेस्रो दिन गौशालाको धर्मशालामा भेटिए उनी । ७० वर्षीय गगनदेव यसअघि कात्तिकमा उखु किसान संघर्ष समितिसँग काठमाडौं आएका थिए । त्यतिखेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग समितिले किसानका समस्याहरु पोखे । अन्य किसानलाई झैं राष्ट्रपतिसँग भेटेपछि गगनदेवलाई पनि आफ्नो समस्या हल हुने आश थियो । देशकै ठूलो व्यक्तिसँग भेटेपछि त मिल मालिकले पैसा दिइहाल्लान् नि सोचेर घर फर्के उनी । तर वर्षभरि दुस्ख गरेर उब्जाएको उखुको पैसा उनले पाएनन् ।

बाध्य भएर फेरि काठमाडौं फर्केका छन् गगनदेव । चार दिनदेखि माइतिघरमा आन्दोलनरत सबै किसानका झैं उनको पनि एउटै कुरा छ,सरकारले झुटो आश्वासन दियो । पैसा फलानो दिन दिन्छु भनेर बारम्बार सम्झौता मात्रै गर्‍यो । उता घरको ऋण बढेको बढ्यै छ । यसपटक पैसा नलिई खाली हात घर फर्कन्‍नँ । चाहे भोकै मर्न किन नपरोस् ।’

गगनदेवले अन्नपूर्ण चिनी मिलसँग करिब चार लाख रुपैयाँ बक्यौता उठाउन बाँकी छ । ठूलो जहान पाल्न एक बिघा खेत बन्धकी राखेर १० लाख ऋण लिएका छन् उनले । ऋण लिएको १ वर्ष हुन लाग्यो । बैंकको ब्याजसमेत तिर्न सकेका छैनन् । कसरी तिर्ने ब्याज रु मिलले पैसा दिएको भए दिन्थे । मिलले मारमा पार्‍यो हामीलाई, गगनदेवले आफ्नो समस्या पोखे, ‘नातानातिनीलाई कापी कलम माग्छन् कसरी दिउँ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]