३० आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

उखु किसानहरुको आन्दोलन जारी, आज हलो र जुवासहित प्रदर्शन

Logo
प्रकाशित बिहिबार, पुष ०२, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,२ पुस । उखुको बाँकी रहेको रकम भुक्तानीको माग गर्दै बिहीबार पनि किसानहरुको आन्दोलन जारी रहेको छ ।

आइतबारबाट माइतीघरमा प्रदर्शन गरिरहेका किसानहरुले आज हलो र जुवासहित प्रदर्शन गरेका छन् । गत शनिबार सर्लाहीबाट काठमाडौं आएका किसानहरुले आन्दोलन जारी राखेका हुन् ।

सरकारले चिनी मिलबाट भुक्तानी नदिलाइदिएसम्म प्रदर्शनलाई निरन्तरता दिने पनि किसानहरुले बताएका छन् । मन्त्रालयले गत वर्ष पुष १८ गते माघ ७ गते भित्र भुक्तानी दिने गरी किसान र उद्योगीबीच सम्झौता गराएको थियो । तरपनि उद्योगीहरुले एकवर्ष सम्म पैसा नदिएपछि काठमाडौं आएर फेरी आन्दोलन गर्न बाध्य भएको किसानहरुले बताएका छन् ।

उनीहरुको भुक्तानीको विश्वसनीय पूर्ण सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । किसानहरुले प्रधानमन्त्री राहत कोष वा अन्य कुनै राज्यकोषबाट भएपनि बाँकी बक्यौता भूक्तानी गरी सरकारले नै उद्योगीहरुबाट ब्याजसहित असुलउपर गर्नुपर्ने बताएका छन् । परिणाममुखी वार्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]